२०८२ माघ २७

आज चुनाब प्रचारको अन्तिम दिन: दलहरुको चुनाव प्रचार अन्तिम चरणमा
  • लुम्बिनी खोज
  • २०७९ बैशाख २७, मंगलवार ०९:१२ गते

बुटवल । स्थानीय तह निर्वाचनअन्तर्गत चुनावी प्रचार(प्रसार गर्ने आज अन्तिम दिन हो । आज राति १२ बजेदेखि प्रचार(प्रसार गर्न पाइँदैन । अन्तिम दिन आज दलका र स्वतन्त्र उम्मेदवारहरूले प्रचार(प्रसारलाई तीब्रता दिने भएका छन । देशव्यापी चुनावी सभा गरिरहेका प्रमुख दलहरू आज भने काठमाडौँ उपत्यका केन्द्रित हुने भएका छन । आज काठमाडौँ र ललितपुरमा प्रमुख दलहरूले चुनावी सभा गर्दैछन् । आज काठमाडौँमा नेकपा एमाले र ललितपुरमा गठबन्धनले चुनावी सभा गर्दैछन् । नेकपा एमालेले आज काठमाडौँमा चुनावी आमसभा गर्दैछ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने चुनावी सभामा ११ वटै पालिकाका जनप्रतिनिधि र कार्यकर्ताहरू सहभागी हुने कार्यतालिका रहेको छ ।
सत्ता गठबन्धनले आज ललितपुरमा चुनावी सभा आयोजना गर्दैछ । ललितपुरमा हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै चुनावी प्रचार(प्रसार गर्ने आज अन्तिम दिन भएकोले रुपन्देहीमा पनि गठबन्धन दलहरु काग्रेस ,माओबादी एकिकृत समाजबादी ,जनता समाजबादी पार्टीका उम्मेदबारहरु घरदैलोमा ब्यस्त रहेका छन । एमाले ,राप्रपा नेपालका उम्मेदवारहरुले पनि चुनाब प्रसारप्रचार अभियान ब्यस्त रहेका छन । आज राति १२ बजेदेखि प्रचार(प्रसार गर्न पाइँदैन