२०८३ बैशाख २९
बुटवल २९ बैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानिसमा सेवाको भावना विकास गर्दै समाज परिवर्तन गर्न सकिने बताएका छन ।
श्रीकृष्ण प्रणामी मन्दिर एकाई सेवा समितिले मधवुन–४ ढोढरी, बर्दियामा ८ औं बार्षिकोत्सव तथा गुरु श्यामदासजीको ३२ औं बार्षिक पुण्य तीथिको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले अहिले समाज विकृति र विसंगतितर्फ उन्मुख हुनुमा धर्म, संस्कृति र नैतिक शिक्षाबाट टाढा हुनु मुख्य कारण रहेको उल्लेख गरे ।
मुख्यमन्त्री आचार्यले समाजलाई फेरि नेपालीपनसँग जोड्न आवश्यक रहेको बताउँदै एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले पनि त्यसको पीडा महसुस गर्ने सामाजिक संस्कारको पुनःस्थापना गर्नुपर्ने धारणा राखे । उनले योग र आराधनाबाट स्वस्थ समाज निर्माण गर्न सकिने उल्लेख गर्दै संघीयतापछिको परिवर्तनलाई वस्तुगत ढंगले मूल्यांकन गर्न आग्रह गरे । उनलेले निर्णय गर्दा सही र गलत छुट्याउन सक्नुपर्नेमा जोड दिँदै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि विगतमा सरकारले काम गरिरहेको तर, वर्तमान संघीय सरकारले ति कामहरुलाई विथोल्नेगरी भूमिका अगाडी बढाएको भन्दै चिन्ता व्यक्त गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना ले समाज सुधारका लागि नैतिक शिक्षालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना बनाउने बताए ।