२०८३ बैशाख ३०

ग्लोबल बहुउद्देश्यीय सहकारीद्वारा २६ पिन्ट रगत संकलन
  • लुम्बिनी खोज
  • २०८३ बैशाख २९, मंगलवार १५:४० गते

बुटवल, २९ वैशाख ।
ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवल ९ को चौथो वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरिएको छ।
बुटवलस्थित रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) मा गरिएको रक्तदानमा २६ पिन्ट रगत संकलन गरिएको थियो ।कार्यक्रममा बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख एवं संस्थाका सल्लाहकार गुणाकर खनालले मानवीय सेवामा रगतको महत्त्व ठुलो रहेको बताउँदै सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत सराहनीय कार्य गरेको बताए ।
संस्थाका अध्यक्ष पदम लाल घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष थानेश्वर बस्यालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन तथा संयोजन संस्थाका सचिव खगेश्वर भण्डारीले गरेका थिए ।
संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा हरेक वर्ष विभिन्न सामाजिक गतिविधिहरू गर्दै आएको र यस वर्ष पनि रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ। कार्यक्रममा संस्थाका पदाधिकारी, सेयर सदस्य तथा स्थानीयको सहभागिता रहेको थियो।