२०८३ जेष्ठ ११

नवीनमा शिक्षकको क्षमता विकास तालिम
  • लुम्बिनी खोज
  • २०८३ जेष्ठ १०, आईतवार १३:५१ गते

बुटवल, १० जेठ ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा विज्ञान विषय प्रवर्द्वन कार्यक्रम अन्तरगत शिक्षकको क्षमता विकास तालिम सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलको शिक्षा उत्कृष्ट हुनुमा बुटवल उपमहानगरपालिका, विद्यालय, क्याम्पस, अभिभावक, विद्यार्थी र विज्ञहरुको योगदान रहेको बताए । उनले अवको युग बैज्ञानिक चमत्कारको युग भएकोले अवको शिक्षण पद्वती एआईमा आधारित विश्व बजारले मात्र गर्न सक्ने जनशक्ति उत्पादन गर्नु आजको चुनौती हो यसलाई विद्यालय स्तरबाट नै सामना गर्नु पर्नेमा जोड दिए । बुटवल क्षेत्रका विषय विज्ञहरुलाई धन्यवाद दिदै बुटवलको बौद्विक सम्पति विज्ञ टोलि रहेको भन्दै यसमा गौरव ब्यक्त गरे ।
बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले विद्यालयले विज्ञान विषयको क्षमता विकास तालिम आयोजना गरी शिक्षकलाई समय अनुकुल शिक्षण गर्ने कार्यक्रम आयोजना गरेकोमा विद्यालय परिवारलाई धन्यवाद दिइन् । उनले विद्यालयले विद्यार्थीलाई पन्चेवाजा प्रशिक्षण तथा अन्य सीप विकासमा समेत योगदान पुर्याएकोमा खुशी व्यक्त गरिन् ।
कार्यक्रममा विज्ञको तर्फबाट बुटवल बहुमुखी क्याम्पसका उप प्राध्यापक डा. शालिकराम पौडेलले विज्ञान तथा प्रविधिको प्रयोग नेपाली विषयमा पनि विश्व ब्यापी भइ सकेको भन्दै त्यस कारण कक्षाकोठा सिकाइमा पनि एआईको प्रयोगलाई जोड दिनुपर्ने धारणा राखे ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विज्ञान विषय प्रवर्द्वन कार्यक्रम अन्तरगत भएका प्रगतिहरु, भावी कार्यान्वयन योजनाहरु राखेका थिए ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको अध्यक्षतामा विद्यार्थी अन्जना ज्ञवालीको संचालनमा सम्पन्न कार्यक्रममा विज्ञहरु उपप्राध्यापक डा. झुलन पौडेल, उप प्राध्यापक डा. माधव गौतम, उप प्राध्यापक डा. मुक्तिराम पौडेल, उप प्राध्यापक डा. तिलक भुसाल, उपप्राध्यापक डा. शालिकराम पौडेल, उप प्राध्यापक शेषराज भट्टराई, उप प्राध्यापक जीवनारायण अधिकारी, उप प्राध्यापक क्षेत्र बहादुर क्षेत्री, ब्रिटिश काउन्सिलका प्रशिक्षक ईश्वर कंडेल, आइटी इन्चार्ज राकेश अग्रहरीलगायतले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवाली, उपनिर्देशक कोपिला ज्ञवाली लगायतको सहभागिता रहेको कार्यक्रममा २०८२ को एसइइ परीक्षामा ४ जिपिए ल्याउन सफल विद्यार्थी अन्जना ज्ञवालीलाई शैक्षिक सामग्री, लुम्विनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा कवडी तर्फ विजेता विद्यार्थी सतिस चौधरी र छात्रा भलिवलमा विजेता दिया आले, छात्रा कवडीमा तृतीय भएकी सुधा यादवलाई नगद पुरस्कार र पन्चेवाजा तालिम प्राप्त विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।