२०८३ जेष्ठ २०

मायादेवी गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा
  • लुम्बिनी खोज
  • २०८३ जेष्ठ १९, मंगलवार १५:३९ गते

कपिलवस्तु १९ जेठ ।
कपिलवस्तुको मायादेवी गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणा भएको छ। जिल्लाका १० स्थानीय तहमध्ये सातौँ पालिकाका रूपमा मायादेवीले यो उपलब्धि हासिल गरेको हो। जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले एक कार्यक्रमबिच गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गरेका छन्।
गाउँपालिका अध्यक्ष बलिउद्दिन मुसलमानका अनुसार सर्वेक्षणका क्रममा खोपबाट छुटेका १४३ बालबालिकालाई खोपको पहुँचमा ल्याइएपछि घोषणा सम्भव भएको हो। पालिकामा जन्मदेखि १५ महिनासम्मका एक हजार २२८ र १६ देखि ५९ महिनासम्मका दुई हजार ३८२ बालबालिका छन्।
कार्यक्रममा वक्ताहरूले खोपबाट कुनै पनि बालबालिका नछुट्ने सुनिश्चित गर्दै स्वास्थ्य सचेतना, संस्थागत सुत्केरी र पोषण सुधारका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।