२०८३ जेष्ठ २२
बुटवल २० जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एंव समाजसेवी गोपाल घिमिरेले आफ्ना छोराको जन्मदिन मानवसेवा आश्रममा मिठो भोजन प्रदान गरेर मनाएका छन् । आफ्ना जेष्ठ सुपुत्र अभिषेक घिमिरेको जन्मदिन बुटवल स्थीत मानवसेवा आश्रममा रहेकाहरुलाई एक छाक मिठो भोजन गराएर मनाएका छन् । छोरा अभिषेक हाल विदेशमा रहेका छन् ।
मानवसेवाको भावनाले आफूले यस किसिमका कार्यक्रमहरु विभिन्न सन्र्दभ पार्दै गर्ने गरेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय संगठन विभागका सदस्य समेत रहेका घिमिरेले छोरा विदेश रहेपनि उसको जन्मदिनलाई मानवसेवामा सर्मपर्ण गर्दै मनाउदा छुट्टै आनन्द मिलेको बताए । ठूला छोराको जन्मदिन मनाउन उनी श्रीमति सरिता, कान्छा छोरा अविरल तथा लायन्स क्लवका पदाधिकारीसहित आश्रममा पुगेका थिए । घिमिरेले यस अघि वैवाहिक वर्षगाठमा पनि रचनात्मक काम गरेर मनाएका थिए । त्यतिवेला पनि मानव सेवाकै लागि सहयोग गरेका थिए ।
छोराको जन्म दिन मनाउन आश्रम पुगेको उनको परिवारले आश्रममा रहेकाहरुलाई मिठो भोजन गराएर निस्किएका थिए । मानव सेवा आश्रमका दुःखी, गरिब र असाहायहरूलाई एक छाक मीठो भोजन प्रदान गरी जेष्ठ सुपुत्र अभिषेक घिमिरेको २३ औँ जन्मदिन मनाएपछि घिमिरेले उक्त कार्यक्रममा उपस्थित हुने सबैप्रति धन्यवाद एवं हार्दिक आभार ब्यक्त गरेका छन् । गरिब, दुःखी र असाहायहरू माझ यस किसिमको कार्यक्रम गर्दा सेवा भावको भावना बढ्दै जाने उनले बताए । यस किसिमको कार्यक्रमले अरुलाई पनि सकरात्मक प्रभाव पार्ने विश्वास पनि उनले ब्यक्त गरे ।
कार्यक्रममा लायन्स क्लवका मिना पन्थि, राजेश गौतम, रिषिराम भट्टराई, कृष्णप्रसाद पाण्डे, सुरेसचन्द्र भट्टराई,कृष्णप्रसाद आचार्य,सरोज खनाललगायतको पनि उपस्थीति रहेको थियो । लायन्सका पदाधिकारीहरुले घिमिरेको कार्यको प्रशंशा गरेका थिए ।




