२०८३ जेष्ठ २६

एमाले लुम्बिनीको प्रमुख सचेतकमा यमुना रोका र सचेतकमा नवराज लामिछाने नियुक्त
  • लुम्बिनी खोज
  • २०८३ जेष्ठ २५, सोमबार १६:०१ गते

बुटवल २५ जेठ ।
नेकपा एमाले लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका र सचेतकमा कपिलबस्तुका नवराज लामिछाने नियुक्त भएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमाले लुम्बिनी प्रदेश सभाको विधान अनुसार प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका र सचेतकमा कपिलबस्तुका नवराज लामिछानेलाई नियुक्त गरेका हुन्। दुवै जनालाई २०८३ जेठ २५ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको छ । यस अघि प्रमुख सचेतक रुपन्देहीका तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना रोका रहेकोमा चौधरीले सोमबार नै कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्रीको सपथ ग्रहण गरेपछि रोका प्रमुख सचेतकमा नियुक्त भएकी हुन् । त्यस्तै रिक्त रहेको सचेतक पदमा लामिछाने नियुक्त भएका हुन् ।