२०८३ असार २२

महाधिबेशनपछि आन्दोलनमा जानुको विकल्प छैन्ः प्रचण्ड
  • लुम्बिनी खोज
  • २०८३ असार २०, शनिबार १५:१८ गते

बुटवल, २० असार ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिबेशनपछि आन्दोलनमा जानुको विकल्प नभएको बताएका छन् । उनले घटना जे सुकै भएपनि आन्दोलन हुने भन्दै त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

लुम्बिनी प्रदेशस्तरीय पार्टीको कार्यक्रममा बुटवलमा सम्बोधन गर्दै उनले महाधिबेशन सफल पार्न जुट्न पनि आब्हान गरे । उनले जनताको जित निश्चित रहेको पनि ठोकुवा गरे ।

यस्ता विचार हिन वहुलठ्ठीपूर्ण तत्वहरुको जित नेपालमा हुन सक्दैन् । जनतालाई भरोसा गरौं, जनतामा जाऔं, उनले भने । कार्यक्रममा नेकपाका सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रास्वपाका बारेमा अहिले नै धेरै चर्चा गर्न नपर्ने हेर्दै जानुपर्ने उल्लेख गर्दै कुनै सिद्धान्त, समर्पण, त्याग नभएकालाई कसरी जनताले भोट दिए समिक्षा गर्नुपर्ने धारणा राखे । उनले अहिलेको परिस्थितीमा पार्टीको भुमिका महत्वपूर्ण रहेको बताए ।

नेकपाका अर्का नेता नारायणकाजी श्रेष्ठले निर्वाचित अधिनायकवाद तर्फ जाने बाटो सरकारले लिएको आरोप लगाए । उनले समाजवाद र संविधानको विरोधी पार्टीका रुपमा रास्वपा रहेको आरोप पनि उनले लगाए । कार्यक्रममा वर्षमान पुन, बलदेव खनालसहितका नेताहरु सहभागि थिए ।