२०८३ आश्विन २२

नवीनमा स्काउट दीक्षान्त समारोह
  • लुम्बिनी खोज
  • २०८३ आश्विन २१, बुधबार १२:३५ गते

स्काउट गतिविधिले विद्यार्थीमा अनुशासन, नेतृत्व र सेवाभाव विकास गर्नेमा जोड

बुटवल, २१ असोज ।

नेपाल स्काउट, लुम्बिनी प्रदेश स्काउट तथा स्थानीय स्काउट कार्यालय बुटवल उपमहानगरपालिकाअन्तर्गत नवीन स्काउट दलको आयोजनामा प्रथम दीक्षान्त समारोह २०८३ नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा सम्पन्न भएको छ ।

समारोह बुटवल उपमहानगरपालिकाका निमित्त स्थानीय आयुक्त पुनराम पाण्डेको प्रमुख आतिथ्य तथा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, सेवाभाव, आत्मनिर्भरता तथा सामाजिक उत्तरदायित्व विकास गर्न स्काउट गतिविधिको महत्वपूर्ण भूमिका रहनेमा जोड दिइएको थियो ।

समारोहको सहजीकरण विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य अनिलकुमार ठाकुर, स्काउट शिक्षक मधु न्यौपाने तथा खेल प्रशिक्षक दीपककुमार क्षेत्रीले गरेका थिए ।

विद्यालयले शैक्षिक गतिविधिसँगै स्काउट, खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको व्यक्तित्व विकासलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।