२०८१ आश्विन ४

पाकिस्तानको पञ्जावमा ९ जनाको गोली हानी हत्या
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ २६, बिहीबार ०८:४७ गते

इस्लामावाद । पाकिस्तानको पञ्जाव प्रान्तमा अलग अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा पनि नौ जनाको ज्यान गएको छ । गएको २४ घण्टा यता भएका ती हमलाहरूमा नौ जनाको हत्या भएको प्रहरीले जनाएको छ ।

अज्ञात समूहले बुधवार यहाँका विभिन्न स्थानमा अन्धाधुन्ध गोली हानेको जनाएको हो । पञ्जाव प्रान्तको शिखुपुरा जिल्लामा गोली हानेर चार जनाको हत्या गरिएको प्रहरीले जनाएको छ ।

सो स्थानमा बुधवार अपराह्न सवारी साधनमै गोली हानेर चार जना यात्रुको हत्या गरिएको प्रहरीले जनाएको छ ।

सडकमै गोली प्रहार गरेर चार जनाको हत्या गरेको सो अज्ञात व्यक्ति भाग्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी अभियानलाई जारी राखेको भए पनि बुधवार रातिसम्म पक्राउ गर्न सकेको छैन ।

त्यसैगरी पञ्जाव राज्यको भवलपुर जिल्लामा पनि भ्यानमा यात्रा गरिरहेका यात्रुमाथि गोली चलाइएको थियो । त्यसमा परेर पाँच जना मारिएका थिए ।सो घटनामा संलग्नको पनि प्रहरीले खोजी जारी राखेको बताएको छ । सडकमा गुडिरहेको भ्यानमा एक अज्ञात व्यक्तिले गोली हानेर भागेको थियो । रासस÷सिन्ह्वा