२०८२ कार्तिक २८

राजनैतिक परिवर्तको वास्तविक महशुस जनताले गर्न नपाएको मन्त्री शर्माको खुलासा
  • लुम्बिनी खोज
  • २०७९ असार १८, शनिबार १६:१३ गते

बुटवल ।
लुम्बिनी प्रदेश सरकारका सूचना तथा संचारमन्त्री तिलकराम शर्माले मुलुकमा राजनैतिक परिवर्तको वास्तविक महशुष जनताले गर्न नपाएको भन्दै परिवर्तको अनुभूर्ति र जनता लाभान्वित हुने गरि कार्यक्रम संचालन गर्न जरुरी रहेको औल्याए ।
परिवर्तनका लागि महिला समूह नेपालकोआयोजना र कोरियन संस्था शिव वन विग प्राली काठमाडौको शहयोगमा शुक्रवार बुटवल शुरु भएको कार्यक्रमको सुभारम्भ गदैमन्त्री शर्माले नागरिकका आधारभूत कुरालाई सहज वनाउने विषयनै रोजगारी भएकाले महिलालाई स्वरोजगार वनाउन प्रदेश सरकारले कार्यक्रम संचालन गर्ने बताए ।
बेरोजगार महिलाहरुलाई स्वरोजगार वनाउने लक्ष्य सहित बुटवलमा कोरियन संस्थाको सहयोगमा रोजगार तालिम प्रदान गरिने शुरु गरेको परिवर्तनका लागि महिला समूह नेपालकी अध्यक्ष रीता सेनले बताइन ।
बुटवल रुपन्देहीका १ हजार महिलालाई स्वरोजगार बनाउन तालिम प्रदान गर्न लागेको संस्थाले जनाएको छ । आवश्यक कच्चा पदार्थ पनि कोरियन संस्थाले उपलब्ध गराउने र सीप सिकाईएकाले उत्पादन गरेका सामान समेत सोही संस्थाले खरिद गर्ने अध्यक्ष सेनले बताइन ।
कुनै शुल्क नलाग्ने १० दिन भित्र नै सीप सिक्न सकिन र महिलाहरुलाई आत्म निर्भर वनाउदै आर्य आर्जनको गतिलो माध्यम वनाउने सोचले संस्थाले लिएको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उप प्रमुख सावित्रा अर्यालले महिलाहरुलाई आर्थिक रुपमा आत्म निभर्र नगराउदासम्म समाज र घरपरिवारमा परिवर्तन हुन नसक्ने बताइन ।
उनले महिलाहरु शैक्षिक योग्यता र आर्थिक अभावका कारण पछाडी परेको औल्याउदै उनिहरुलाई आर्थिक रुपमा आत्म निर्भर वनाउने गरि बुटवल उपमहानगर पालिकाले कार्यक्रम संचालन गरेको दावि गरिन । विकसित राष्ट्रहरुमा कपालका शोकिनहरुलाई बिक्री गर्ने लक्ष्य सहित यो कार्यक्रम संचालन गरिएको कोरिएन संस्थाका प्रतिनिधीहरुले बताएका छन । नेपालका आधादर्जन स्थानमा कोरियन संस्थाले यस्ता कार्यक्र शुरु गरेको छ । कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ गंगा शाही,संस्थाकी कला केसी लगायतले कार्यक्रमको वारेमा जानकारी गराउदै कार्यक्रमलाई प्रभावकारी वनाउनु माग गर्रे ।