२०८१ आश्विन ४

नेपालमा पहिलोपटक संगीत प्रतियोगिता सम्पन्न
  • लुम्बिनी खोज
  • २०७९ असार २१, मंगलवार ०८:३८ गते

नेपाली संगीतको इतिहासमा लेखन, संगीत र गायनको संयुक्तरूपमा प्रतियोगिता हुँदै आएको भएपनि विशुद्ध संगीत प्रतियोगिता पहिलोपटक सम्पन्न भएको छ । नेपाली संगीतको विकास र विस्तारको अभियानमा नेपालमा पहिलोपटक संगीत प्रतियोगिता राजधानीमा एक समारोहका बीच सम्पन्न भएको छ ।

प्रसाईसन इन्टरटेनमेन्टले आह्वान गरेको राष्ट्रव्यापी प्रसाईसन संगीत प्रतियोगितामा देशभरबाट २६ जना संगीत विधाका प्रतिभाहरूले भाग लिएका थिए । गीतकार, गजलकार चन्द्र प्रसाईं परिष्कृतको शब्दमा  ‘म आफैँ रुझेकी जोवनले रुझायो’ बोलको गीतमा उदयपुरका  इन्द्र आर.पी., सङ्खुवासभाका केशव अधिकारी, चितवनका जी.बी. सुनार, सुनसरीका पासङ तामाङ र बाँकेका सुजन थारु रहेका थिए । उत्कृष्ट ५ मध्येका चितवनका जी.बी. सुनार प्रथम भएका छन् । प्रतियोगितामा प्रथम भएका सङ्गीतकारलाई  नगद ५० हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।समारोहमा गीतकार चन्द्र प्रसाई ‘परिस्कृत’ले अमेरिकाबाट पठाएको भिडियो सन्देश प्रसारण गरिएको थियो । उनले सबैलाई धन्यवाद दिँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । यो कार्यक्रमलाई वार्षिक रूपमा अगाडि बढाउने जानकारी गराएका थिए । कार्यक्रमको निर्णायकमा वरिष्ठ गायक  आनन्द कार्की, विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ र लोकप्रिय गायिका प्राश्ना शाक्य रहेका थिए ।

पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि वरिष्ठ कवि, गीतकार दिनेश अधिकारी, विशिष्ट अतिथि पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र लेखक, निर्देशक मोहन निरौला, अग्रज पत्रकार तुलसी गिरि भावुक, सानुकाजी श्रेष्ठ, कलाकार उत्तम के.सी., चलचित्र पत्रकार संघका उपाध्यक्ष जीवन पराजुली, म्युजिक भिडियो निर्देशक समाजका उपाध्यक्ष देवेन्द्र पाण्डे, कवि, निर्देशक हेमप्रभास र निर्णायकहरू वरिष्ठ गायक  कार्की, विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ र लोकप्रिय गायिका प्राश्ना शाक्य रहेका थिए ।