२०८२ असार ८

नेकपा एकीकृत समाजवादीको लुम्बिनी अध्यक्षमा सोमप्रसाद पाण्डे
  • लुम्बिनी खोज
  • २०७९ असार २६, आईतवार ०२:०० गते

बुटवल।

नेकपा एकीकृत समावादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन । शनिबार बुटवलमा सम्पन्न प्रदेश कमिटी वैठकले संघीय सांसद समेत रहेका पाल्पाका पाण्डेलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो । यसअघि प्रदेश अध्यक्षमा रहेका मेमणि चौधरी शहरी विकास मन्त्री भएपछि चौधरीकै प्रस्तावमा पाण्डेलाई प्रदेश अध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको प्रदेश सचिव राजुु गुरुङले जानकारी दिए । समाजवादी रुपन्देही अध्यक्षमा अविराम विक यस्तै पार्टीको केन्द्र र प्रदेश कमिटीमा रहेका नेताहरुको भूमिका हेरफेर गरिएको छ । जसअनुसार प्रदेश सचिव एवं रुपन्देही अध्यक्ष रहेका राजु गुरुङले जिल्ला अध्यक्षको जिम्मेवारी छाडेका छन् । रुपन्देही अध्यक्षमा अविराम विक चयन भएका छन् । विक यसअघि सचिवका रुपमा थिए । यसैगरि उपाध्यक्ष रहेका सिद्धिचरण भट्टराई लुम्बिनी विकास कोषको कोषाध्यक्ष नियुक्त भएपछि उनले पनि जिम्मेवारी छोडेका छन । उपाध्यक्षमा श्रीराम यादव र चिनबहादुर गुरुङ, सचिवमा सरिता श्रीस, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मिरा श्रेष्ठ चयन गर्ने जिल्लाको सिफारिश प्रदेश कमिटि बैठकले अनुमोलन गरेको सचिव गुरुङले बताए । बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै १२ वटै जिल्लामा निर्वाचन अभियान थाल्ने निर्णय गरेको छ । वैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधव नेपालले आगामि प्रदेश र संघको निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका थिए । बैठकमा समाजवादीका लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, मन्त्री मेटमणि चौधरी, सोमप्रसाद पाण्डे लगायतका नेताहरुको उपस्थिती थियो ।