२०८२ असार १०
बुटवल २७ फागुन । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूताइदिएपछि लुम्विनी प्रदेशमा सत्ता समिकरणका लागि चलखेल शुरु भएको छ । सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई माओवादी केन्द्रले साथ छाड्न साथ उनी अल्पमतमा पर्ने स्थीति रहेको छ । अल्पमतमा पर्ने स्थीति आएमा कसरी बहुमत जुटाउने भन्ने कसरतमा एमाले रहेको छ भने अर्को तर्फ उनको विकल्पमा नया सरकार गठनका लागि समेत गृहकार्य शुरु भएका छन । केन्द्रमा हुने राजनीतिक समिकरणको प्रभाव प्रदेशमा पर्ने भएकाले सबै दल सक्रिय रुपमा समिकरण बनाउन भने लागि परेका छैनन । तर प्रदेशमा पनि संभावित समिकरणलाई ध्यान दिएर छलफलका पहल शुरु भएका छन । लुम्विनीमा साविकका दुइ पार्टी एक हुदा अत्याधिक बहुमतमा रहेका मुख्यमन्त्री पार्टी अलग अलग भएपछि यही सरकार निरन्तरता दिन अब २ दलवीच सहमति आवश्यक छ । माओवादी केन्द्रले साथ दिएमा र मुख्यमन्त्रीले माओवादीको साथ लिने अवस्थ ाबनेमा यही सरकारले निरन्तरता पाउने छ । प्रधानमन्त्री केपी ओलि का विश्वास पात्र र पार्टीका प्रभावशाली नेता पोखरेलको सरकारमा हाल माओवादी केन्द्रका २ जना मन्त्री रहेका छन । ६ सदस्यीय मन्त्रीमण्डलमा ४ सदस्यीय एमालेकै रहेका छन । माओवादी र एमालेका वीच अब केन्द्र देखि नै समिकरण बन्न सक्ने अवस्था कम रहेको अवस्थामा लुम्विनी प्रदेशमा नया सरकार गठनका लागि चलखेल शुरु गरिएको छ । सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्र व्यूताइदिएपछि यहा नया सरकार गठनको चलखेल शुरु भएको हो ।
यहा पोखरेल नेतृत्वको सरकार टिकिरहन ४४ सांसद आवश्यक पर्दछ तर यहा एमालेका ४१ जना मात्रै सांसद रहेका छन । मुख्यमन्त्री अल्पमतमा पर्ने स्थीति रहेको यस प्रदेशमा नया समिकरणका लागि कांग्रेसले अग्रसरता देखाएको छ ।
कांग्रेसले बुधवार एक कार्यदल बनाएको छ । प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता वीरेन्द्रेकुमार कनोडियाले तीन सदस्यीय कार्यदल बनाएका छन । सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्यूताएपछि उत्पन्न परिस्थितिमा प्रदेशको स्थायित्व, दिगो विकास, संघियताको सफल कार्यान्वयन एवम् समसामयिक राजनैतिक विषयमा लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनैतिक दलहरुसंग आवश्यक छलफल, संवाद र परामर्श गर्नका लागि कार्यदल गठन गरिएको कनोडियाले जनाएका छन । नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशका तर्फबाट गठीत तीन सदस्यीय कार्यदलमा काग्रेसका प्रमुख सचेतक फखरुद्दिन खान सांसदहरु विरबहादुर राना र रमा अर्याल रहेका छन ।
यस्तो छ प्रदेशको अंक गणित
लुम्विनी प्रदेशको प्रदेश सभामा ८७ जना सांसद रहेका छन । जसमा नेकपा एमालेका ४१ जना, नेकपा माओवादी केन्द्रका २० जना सांसद छन । यी २ पार्टीका सांसद पार्टी एकीकरण पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रुपमा ६१ सांसद बने । तर सर्वोच्चले पार्टीलाई पुरानै अवस्थामा फर्कादिएपछि अब ४१ र २० को अवस्थामा यी पार्टी रहेका छन ।
त्यस्तै कांग्रेसका १९ जना, जनता समाजवादीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद यहा रहेका छन् । यहा सरकारका लागि ४४ मत आवश्यक पर्दछ । कार्यदलका सदस्य कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले कार्यदलले अन्य दलहरुसग छलफल अगाडी बढाउने भन्दै पहिलो प्रथामिकतामा एमाले बाहेकका दलहरुसग छलफल गरिने बताए । शुक्रवारबाट छलफल तीव्र पारिने भन्दै पहिलो प्रथामिकतामा अन्य दलहरु रहेको भएपनि एमालेसग पनि छलफल गरिने बताए ।
यहा नया सरकार गठनका लागि एमाले वाहेकका दलहरु नै कांग्रेसको प्रथामिकतामा रहेको छ । यता जनता समाजवादी पार्टी भने तत्काल छलफलमा जुटेको छैन । सो दलका नेता सहसराम यादव केन्द्रमा कस्तो खालको समिकरण बन्छ, त्यसको प्रभाव यहा पर्ने भएकाले पर्ख र हेरको अवस्थामा आफ्नो दल रहेको बताए ।
ओलि छाडेका फर्किए, प्रचण्ड छाडेका नफर्किने अडानमा
लुम्विनी प्रदेशमा एमालेबाट विजयी भएका ४१ र माओवादी केन्द्रबाट विजयी भएका २० जना गरी ६१ जना सांसद पार्टी एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रुपमा रहे र यहा अत्याधिक बहुमतको सरकार बनाए तर पछि पार्टीभित्रको द्धन्द्ध सगै पार्टी विभाजनको स्थीतिमा ओलि गुट र प्रचण्ड माधव गुटमा नेताहरु लागे । यहा एमालेबाट विजयी भएका केही प्रचण्ड माधव समुहमा लागे भने माओवादी केन्द्रबाट विजयी भएका अर्थात प्रचण्डलाई नेता मान्ने केही सांसद ओलि पक्षमा लागे । प्रचण्ड–माधव र ओलि पक्षका रुपमा रहेका यी पार्टी पुरानै अवस्थामा जाने भएपछि यहा माधव –प्रचण्ड मा खुलेका तथा ओलिमा खुलेका सांसद मध्ये सबै आ आफ्नै स्थानमा फर्किए पनि प्रचण्ड पक्ष छाडेका माओवादी केन्द्रका सांसद दधिराम न्यौपाने भने नफर्किने अडानमा छन । उनी भन्छन, सांसद पद गएछ भने जान्छ, अब आफू जहा उभिएको छु त्यही उभिन्छु ।
त्यस्तै एमालेका सांसद विष्णु पन्थी विवादका बेला प्रचण्ड– माधव समुहमा देखिएपनि अब एमाले ब्यूतिएसगै एमालेमा रहने भएका छन ।
उपनिर्वाचनबाट विजयी विमला कता ?
लुम्विनी प्रदेशका तत्कालिन प्रदेश सांसद उत्तमकुमार वली सवारी दुर्घटनामा परी मृत्यु भएपछि रिक्त रहेको उनको क्षेत्रमा उनकै श्रीमति विमला कुमारी खत्री(वली) विजयी भएकी थिइन । एमालेबाट विजयी वली दुर्घटना पर्दा एमाले र माओवादी केन्द्र एक थिए । उनको निधन पछि उनको क्षेत्र दाङ प्रदेश सभा ३ ख बाट उनकै श्रीमति खत्री उपनिर्वाचनबाट निर्वाचित भइन । एकीकृत पार्टीको मतबाट विजयी भएकी खत्रीले अब नया सत्ता समिकरणमा कुन पार्टीको भुमिकामा रहन कानुनले दिन्छ, अब कुन पार्टीको सांसदको मान्यता निर्वाचन आयोगले दिन्छ त्यो प्रतिक्षाकै विषय बनेको छ ।
अबको समिकरण
लुम्विनी प्रदेशमा मुख्यमन्त्रीलाई सरकार टिकाइ राख्न माओवादी केन्द्र, कांग्रेस वा जनता समाजवादी पार्टी मध्ये एकको साथ लिनुपर्ने अवस्था यहा रहेको छ । हुन त यहाको सरकार पनि केन्द्रमा हुने समिकरणले नै निर्धारण गर्न सक्ने आकलन यहा गरिन थालिएको छ । केन्द्रमा ओलि सरकारका विरुद्धमा गठबन्धन बनेमा यहा पनि एमाले बाहेकको गठबन्धनको सरकार बन्ने संभावना रहन्छ । यहा सरकारका लागि ४४ मत आवश्यक पर्दछ ।