२०८१ आश्विन ४

शिक्षामा अब्बल बुटवलका सामुदायिक विद्यालय
  • लुम्बिनी खोज
  • २०७९ श्रावण १८, बुधबार १०:५३ गते

बुटवल ।
पश्चिम नेपालको महत्वपूर्ण नगरी बुटवल शिक्षामा अब्बल कहलिदै आएको छ । गुणस्तरीय शिक्षाका लागि बुटवलका शिक्षण सस्था धेरैका रोजाइमा पर्ने गरेका छन । पछिल्ला केही वर्ष यता नीजि क्षेत्रका शैक्षिक सस्थामा भन्दा पनि बढी यहाका केही सामुदायिक विद्यालयहरुमा आर्कषण बढ्दो छ । शिक्षामा यहाका केही सामुदायिक विद्यालयहरु अब्बल ठहरिएसगै ती विद्यालयहरुमा विद्यार्थीको चाप ह्वात्तै बढ्दो छ । जसका कारण धेरै विद्यार्थीले चाहेर पनि यी विद्यालयमा भर्ना पाउन सक्ने अवस्था छैन ।
नेपालकै नमुना विद्यालयका रुपमा कहलिएको बुटवलको कालिका मानवज्ञान मावि, बुटवलकै नविन औद्योगिक कदरवहादुर रिता मावि र कान्ति मावि सामुदायिक तर्फका बुटवलका अब्बल शिक्षण सस्थाका रुपमा रहेका छन । यहाका नीजि क्षेत्रका विद्यालयलाई सामुदायिक विद्यालयले टक्कर दिन थालेपछि उत्कृष्ट तथा गुणस्तरीय शिक्षा कसरी प्रदान गर्ने र कसले बढी योगदान दिने भन्नेमा विद्यालयवीच प्रतिस्पर्धा चलेपछि शिक्षाको गुणस्तर अझ माथि उठ्न मद्दत मिलेको छ ।
यहाका शैक्षिक सस्थाहरुको भौतिक पूर्वाधार देखि अन्य शैक्षिक वातावरण सुधारमा शिक्षा क्षेत्रमा लागेकाहरुको लगाव बढ्दै जादा सुधार राम्रो हुदै गएको हो । शैक्षिक क्षेत्रमा रुपन्देही अग्रणी बनेको तथ्य पछिल्ला शैक्षिक गतिविधिहरुले पुष्टी समेत गरेका छन ।
कालिकाका विवेकको ४ जिपिए

नेपालकै नमुना विद्यालय अन्तरगत पर्ने बुटवलको कालिका मानवज्ञान माविले यस पटक एसइईमा पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । यहाका विद्यार्थी विवेक न्यौपानेले ४ जिपिए ल्याउन सफल भएका छन । सामुदायिक विद्यालय मध्ये नमुना विद्यालयका रुपमा रहेको कालिकाबाट यस पटक ६ सय ६ जना विद्यार्थीले एसइई दिएका थिए । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार ३ दशमलव ६ देखि ४ जिपिए ल्याउने विद्यार्थी ६७ जना रहेका छन । त्यस्तै ३ दशमलव २ देखि ३ दशमलव ६ सम्म ल्याउनेको संख्या १ सय ४६ रहेको छ । २ दशमलव ८ देखि ३ दशमलव २ सम्म ल्याउनेको संख्या २ सय ८ रहेको छ । २ दशमलव ४ देखि २ दशमलव ८ सम्म नतिजा ल्याउने विद्यार्थी संख्या १ सय ४४ रहेको छ । २ दशमलव शुन्य देखि २ दशमलव ४ सम्म का ३९ जना र १ दशमलव ६ देखि २ सम्म ल्याउने एक जना रहेका छन ।
सामुदायिक विद्यालयहरु मध्ये मुलुककै ठूलो सामुदायिक विद्यालय मध्येको एक हो, कालिका मानवज्ञान मावि । यहा हाल ८ हजार २ सय विद्यार्थी अध्यानरत रहेका छन । यहा शिक्षक तथा कर्मचारी गरेर ३ सय १० जना रहेका छन । प्रधानाध्यापक थापा अब्बल शिक्षण सस्थाका रुपमा रहेको कालिकाको शैक्षिक गुणस्तरमा कम हुन नदिने गरी थप गुणस्तर वृद्धि र अब्बल बनाउने गरी विद्यालयले शैक्षिक गतिविधि अगाडी बढाउदै आएको बताउछन । विगतमा पटक पटक पुरस्कार प्राप्त गर्न सफल कालिकाको शैक्षिक गुणस्तरका कारण यहा विद्यार्थी भर्नाको चाप रहदै आएको छ । विद्यालयका अनुसार यहा वर्षे पिच्छे सयौं विद्यार्थी भर्ना गर्न नसकेर फर्काउनु परेको छ । सामुदायिक विद्यालयहरु मध्ये मुलुककै ठूलो र उत्कृष्ट सामुदायिक विद्यालय मध्येको एक कालिका मावि केही वर्ष अगाडी मात्रै मानव ज्ञान माविसग मर्ज भएको थियो ।

सामुदायिक विद्यालय अब्बल हुनुका कारण

               
कालिका माविका शिक्षक युवराज कडेल कालिका अब्बल हुनुमा तीन चार वटा कारण रहेको बताउछन । शिक्षकहरुको लगनशिलता अभिभावकको बढ्दो चासोले कालिकाको शैक्षिक गुणस्तर बढेको उनी बताउछन । विद्यालयको ब्यवस्थापन पक्ष चुस्त, दुरुस्त हुनु, राजनीति कम हुनु, युवा जनशक्तिको मिहिनेत, अग्रेजी भाषा, शिक्षण पद्धतीमा सुधार जस्ता कारणले नै कालिकाको शिक्षा गुणस्तरीय भएको हो, शिक्षक कडेल भन्छन, शिक्षाको गुणस्तर बढाउन धेरै कुरा मेल खानुपर्छ, कालिकामा विद्यालयको शैक्षिक वातावरण राम्रो छ, अर्को तर्फ अभिभावकको चासो बढ्दो छ । शैक्षिक गुणस्तर बढाउन अभिभावकको दवावमुलक भुमिकाले राम्रो प्रभाव पारेको छ । कालिकाका शिक्षक कडेल रुपन्देहीका अन्य केही सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो हुनुमा यी सबै विषयले काम गरेको ठहर गर्छन।
नविन पनि गुणस्तरीय शिक्षण सस्थामा अगाडी

               

बुटवलकै नविन औद्योगिक कदरवहादुर रिता मावि पनि सामुदायिक तर्फ अब्बल शैक्षिक सस्थाका रुपमा रहदै आएको छ । ०६४ साल यताका नतिजा उत्कृष्ट रहदै आएको नविनमा यस पटक प्रकाशित एसइईको नतिजा पनि सन्तोष जनक नै रहेको छ । नविनका प्रधानाध्यापक प्रेमवहादुर वस्नेतका अनुसार यहा हाल ४ हजार विद्यार्थी रहेका छन । विद्यार्थीको चाप थेग्न नसक्दा धेरै विद्यार्थी भर्ना गर्न नसकेको उनी बताउछन । विद्यालयले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अगुवाई गरि रहेको भन्दै प्रधानाध्यापक वस्नेत यहाका विद्यार्थीहरुले थप शिक्षाका लागि विभिन्न क्षेत्रमा पूर्ण छात्रवृद्धिमा नाम निकाल्न सफल रहदै आएको बताउछन । यस पटक पनि यहाका विद्यार्थीहरुले पुलचोक इन्जिनियरिगं कलेजमा ५ जनाले नाम निकाल्न सफल भएका छन । त्यस्तै पोखरा र भारतका कलेजमा समेत थप ४ जना विद्यार्थीले नाम निकालेको वस्नेतले बताए । नविनमा कक्षा ९ देखि १२ कक्षा सम्म ं इन्जिनियरिङ पढाइ हुन्छ । २०७८ साल कक्षा १२ को वोर्ड परीक्षामा सिभिल इन्जिनियरिङ, विज्ञान र व्यवस्थापन समुहबाट बुटवल उपमहानगरपालिका अन्तरगतका सामुदायिक विद्यालयहरुमा सर्वोत्कृष्ट भएर हालै २ लाख पुरस्कार प्राप्त गरेको बस्नेतले बताए । अर्को तर्फ विद्यालयले खेलकुद तर्फ फिल्ड,ट्रयाक, कराते,तेक्वान्डो, नृत्य लगायत समग्र क्षेत्रमा प्रशिक्षण दिदै आएको छ । विद्यालयमा स्टाफ नर्स, खेलकुद प्रशिक्षक राखिएको र १५० शिक्षक तथा कर्मचारीहरु रहेको बस्नेतले बताए
कान्ति पनि गुणस्तरमा अब्बल

 

सामुदायिक तर्फ बुटवलको कान्ति मावि पनि अब्बल मानिन्छ । यस पटक प्रकाशित एसइइको नतिजामा पनि यहाको नतिजा सन्तोष जनक नै रहेको छ । यहा बाट ३ सय ८३ जना विद्यार्थी एसइईमा सहभागि थिए । त्यस मध्ये राजन शर्मा पौडेलले ३ दशमलव ९ जिपिए ल्याउन सफल भए । यहाका ५६ विद्यार्थीको नतिजा ३ दशमलव ६ भन्दा माथिको जिपिए रहेको छ । कान्तिका प्रधानाध्यापक गोविन्द ज्ञवाली विद्यालयको नतिजा राम्रो हुनुमा तालिम प्राप्त अनुभव प्राप्त जनशक्तिको मिहिनेतलाई मुख्य कारण देख्छन । यहा पनि पछिल्ला वर्षहरुमा विद्यार्थी भर्नाको चाप रहदै आएको छ । धेरै विद्यार्थी फर्काउनुपर्ने बाधयता रहदै आएको ज्ञवाली बताउछन । यहा अध्यानरत धेरै विद्यार्थीले डाक्टर, इन्जिनियरिङ अध्यानमा नाम निकाल्न सफल हुदै आएको विद्यालयले जनाएको छ ।