२०८२ असार ८
बुटवल । सत्तागठबन्धनमा आबद्ध दलहरूबीच चुनावी तालमेल गरेर जाने सहमति भएको छ। शुक्रबार बसेको गठबन्धनका पाँच दलको बैठकले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय गरेको ती दलका नेताहरुले बताएका छन । सिट बाँडफाँडको विषयमा भने बैठकले निर्णय गरेको छैन तर सिट बाँडफाँडको खाका तयार गर्न कार्यदल गठन गरेको छ । कार्यदलमा सबै दलका प्रतिनिधिहरु रहेका छन । सरकारले बिहीबार प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा आगामी मंसिर ४ गते गर्ने घोषणा गरिसकेको छ।