२०८१ पुष ११
बुटवल ।
रुपन्देही व्यापार संघमा आवद्ध पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको सम्पन्न भएको वृहत भेलाले वस्तुगत उपसमिति गठन गरेको छ । संघको सचिवालयमा भएको उक्त भेलाले ईशु देवकोटाको संयोजकत्वमा ११ सदस्यीय पुस्तक तथा स्टेशनरी वस्तुगत उपसमिति गठन गरेको हो । पुस्तक तथा स्टेशनरी उपसमितिको सह–संयोजकमा विष्णु पाण्डे, सचिवमा निरज पाण्डे, सह–सचिवमा रामप्रसाद भुसाल, कोषाध्यक्षमा विजय घिमिरे र सदस्यहरुमा राजु भारी, माधव बस्याल, थिरलाल भट्टराई, विमल घिमिरे, पुष्पा भुसाल लोहनी र बन्दना पाण्डे रहेका छन भने सल्लाहकारहरुमा रामकृष्ण चापागाई, गोपाल बस्याल, रामु अधिकारी, बोधराज शर्मा, हेमानन्द शर्मा, राजु कार्की र दिपक पाठक रहेका छन । कार्यक्रममा प्रमुख अतिथि संघका निवर्तमान अध्यक्ष एवं नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव यमलाल लोहनीले संस्थागत हित र संस्थाको सुदृढिकरणका लागि सबैको भूमिका महत्वपूर्ण हुने भन्दै सबैलाई जिम्मेवार भएर पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै व्यवसायको सफलताको समेत शुभकामना दिएका थिए ।
यस्तै भेलामा संघका प्रथम उपाध्यक्ष प्रकाश ढकाल, सह–सचिव ऋषिराम पाण्डे, कार्यसमिति सदस्य मनहरि बस्याल र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष रामकृष्ण चापागाईलगायतले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा बताएका थिए । कार्यक्रममा नव निर्वाचित संयोजक ईशु देवकोटाले आफ्नो कार्यकालको प्रतिबद्धता मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पुस्तक तथा स्टेशनरी वस्तुगत उपसमितिका संयोजक रामु अधिकारीको अध्यक्षता एवं सचिव विष्णु पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।