२०८१ पुष ११
सहुलियतपूर्ण कर्जा सहज रुपमा उपलब्ध गराउनुपर्नेमा जोड
बुटवल ।
भैरहवाकी लक्ष्मि खनालले ०५१ सालदेखि पशुपालन गर्दै आएकी छिन । हाल २५ वटा भैसी र ३ वटा गाइ पालन गर्दै आएकी उनले पशु पालन थप ब्यवस्थीत बनाउन बैंकहरुबाट ऋण लिने सोच बनाइन । ऋण लिनका लागि नेपाल बैंक, वाणिज्य बैंक देखि धेरै बैंकहरुमा धाएकी उनले सहज रुपमा ऋण पाउनै सकिनन ।
सरकारी बैंकहरुका अतिरिक्त पूर्णिमा बैंकसहित विभिन्न बैंकहरुमा धाउदा पनि ऋण नपाएकी उनले पछिल्लो पटक सानिमा बैंकबाट १४ प्रतिशत ब्याजदरमा ऋण लिएकी छिन । घर धितो राखेर ऋण लिएकी उनी भन्छिन, बैंकबाट ऋण लिन सहज छैन, हामी कृषि उद्यमीहरु काम गर्नेकी बैंकमा धाइरहने । १० लाख माग ग¥यो, ५ लाख दिन्छन, त्यसका लागि २ महिना धाउनुपर्छ । ०५१ सालबाट पशुपालन गर्दै आएपनि सहुलियतपूर्ण कर्जा नपाएको गुनासो उनको छ । टाठाबाठाहरुले सहुलियतपूर्ण कर्जा बैंकबाट लिएर किसानलाई ब्याजमा लगाउने गरेको उनी बताउछिन ।
यी एक प्रतिनिधि पात्रलाई लुम्विनी प्रदेश सभाको सार्वजनिक लेखा समितिमा उपस्थीत गराएर बुधवार लुम्विनी प्रदेशमा रहेका बैंकका प्रतिनिधिसग छलफल गरिएको छ । नेपाल राष्ट्र बैंक निर्देशक भैरहवा शाखा प्रमुख रञ्जना पण्डित पौडेलसहितको उपस्थीतीमा बैंकका प्रदेश स्तरीय कार्यालयका प्रमुखहरु तथा प्रतिनिधिहरुलाई राखेर सहुलियतपूर्ण कर्जा प्रवाहका बारेमा छलफल गरिएको छ । बैंकका प्रतिनिधिहरुले कर्जा प्रवाह सहज भएको दावी गरेपनि लक्ष्मी जस्ता प्रतिनिधिको अभिब्यक्तिले सहज नभएको पाइएपछि त्यसमा सुधार ल्याउन लेखा समितिका सदस्यहरुले जोड दिए । त्यस्तै राष्ट्र बैंक निर्देशक रञ्जनाले पनि बैंकहरुलाई अझ बढी मिहिनेत गर्न निर्देशन दिइन । सहज रुपमा सेवा प्रवाह नगर्ने कर्मचारीलाई कारवाही गरेर भएपनि बैंकहरुले सेवा प्रवाह ठीक ठाउमा राख्नुपर्ने सुझाव उनले दिइन ।
सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीले उत्पादन क्षेत्रमा लगानी बढाउन तथा कर्जा प्रर्वाह सहज बनाउन सुझाव दिए । सानो तिनो कर्जा लिन आउनेलाई फिर्ता नगर्न तथा कृषि, महिला, युवा लक्षित कर्जामा सहज सेवा दिन पनि उनले सुझाव दिए । कार्यक्रममा लेखा समितिका सदस्यहरु भोजप्रसाद श्रेष्ठ, रामजीप्रसाद घिमिरे, रेवतीरमण शमार्, रमा अर्याललगायतले सहुलियतपूर्ण कृषि तथा महिला उद्यमि कर्जाका बारेमा विभिन्न धारणा राखेका थिए ।
लुम्बिनी प्रदेशका बैंकहरुबाट सहुलियतपूर्ण कृषि तथा महिला उद्यमि कर्जा का बारेमा नेपाल राष्ट्र बैंक भैरहवा शाखा सहित लुम्बिनी प्रदेशमा शाखा संजाल भएका क र ख बर्गका बैंकहरु संग गरिएको अन्तरक्रियामा २० वटा भन्दा पनि बैंकका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कृषि विकास बैंकका प्रदेश निर्देशक राजेश कुमार श्रीवास्तव, शाइन रेसुङा डेभलपमेण्ट बैंकका लोकराज पनेरु, नेपाल बैंक, ग्लोवल आइएमइ बैंक, प्रभु बैंक, राष्ट्रिय बाणिज्य बैंक, एनआइसी एशिया बैंकसहित विभिन्न बैंकका प्रतिनिधिहरुले सहुलियतपूर्ण कृषि तथा महिला उद्यमी कर्जा प्रवाहका बारेमा बैंकहरुले खेलेका भुमिकाका बारेमा धारणा राखेका थिए ।