२०८१ पुष ११

तिलोत्तमामा डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखीकरण
  • लुम्बिनी खोज
  • २०७९ भाद्र ६, सोमबार १६:४८ गते

बुटवल ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १ मा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । तिलोत्तमामा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
वडाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, टोल विकास संस्था, स्वास्थ्य स्वयंसेविका लगायत सरोकारवाहरुलाई लामखुट्टेको बासस्थानको खोजी गरी सम्भावित स्थानमा अभियान सञ्चालन गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको वडाअध्यक्ष फर्सुराम गिरीले जानकारी दिए ।
उनले यसका लागि टोली नै परिचालित गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइने बताए । कार्यक्रममा डा. कृष्ण खरालले डेंगु रोगको वारेमा अभिमुखीकरण गरेका थिए । उनले डेंगु रोगको ईतिहास अहिलेको अबस्था र बच्ने उपायका बारेमा जानकारी गराए ।
कार्यक्रममा वोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर १ का निवर्तमान वडाअध्यक्ष तामनाथ पाण्डेले डेंगुको संक्रमण बढ्दै गएकाले सावधानी र सचेतना अपनाउन आग्रह गर्दे संभाबित क्षेत्रमा अभियान चलाउनुपर्ने बताए । उनले जोखीम क्षेत्रहरु पहिचाहन गरी खोज र नष्ट र सचेतना अभियान चलाउन आग्रह गरे । कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्रका सिनियर अहेव डिल्लीराज भट्टराई, स्वास्थय संस्था प्रमुखउर्मिला साह लगायतले पनि बोलेका थिए ।