बुटवल ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. का विज्ञान समूह कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत गरेका छन । शुक्रवार गरिएको स्वागत कार्यक्रममा वोल्दै राष्ट्रिय परीक्षा बोर्ड लुम्विनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख रमाकान्त तिवारीले राष्ट्रिय आवश्यकता अनुसार शैक्षिक क्रियाकलाप बढाउन साधनस्रोत जुटाउने र अनुशासन पुर्वक शैक्षिक कार्य सम्पादन सीप संग जोडन विद्यालय लागि परेको धारणा राख्दै यसले असल र कुशल जनशक्तिको उत्पादनमा योगदान पुग्ने बताए ।
उक्त अवशरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेल, सदस्य युवा नेता राजेन्द्र ढकाल, प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, व्यवस्थापन इन्चार्ज अर्जुन खनाल, विज्ञान समूह इन्चार्ज लक्ष्मी नारायण चौधरी, कक्षा ११ र १२ भौतिक शास्त्र विषय शिक्षक भिमराज खनालले शिक्षा क्षेत्रका बारेमा चर्चा गरेका थिए । कक्षा १२ कि विद्यार्थी शुष्मा खनालको अध्यक्षतामा नवीन वाल क्लवकी अध्यक्ष जुना परियारको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य शिव बहादुर कुँवरले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुद्वारा रोचन सास्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए . साथै कानुन समुहमा कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई पनि स्वागत कार्यक्रम गरेका छन् .।
सो कार्यक्रममा वोल्दै वरिष्ठ अधिवक्ता शालिकराम बन्जाडेले समुन्नत समाज निर्माणमा कानुनको भूमिका महत्वपूर्ण हुने र यसको क्षेत्र व्यापक भएको धारण राखे । कानुन समूह कक्षा १२ मा अध्ययनरत विद्यार्थी अनिल वि.क.को अध्यक्षता, समिक्षा खत्री र अस्मिता भण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य मोदनाथ पौडेलले गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेल, प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, कानुन समुहका शिक्षक अधिवक्ता लोक प्रसाद खरेल, कक्षा ११ का विद्यार्थी अमिशन थापा लगायतले मन्तब्य व्यक्त गरेको कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरुले रोचक सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए .। प्रधानाध्यापक प्रेम बहादुर बस्नेतका अनुसार विद्यालयमा विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन, कानुन र शिक्षा समूह अध्यापन हुने गरेको छ । कक्षा ११ र १२ मा करिव १८२२ विद्यार्थी र मन्टेश्वरी देखि कक्षा १२ सम्म ४ हजार विद्यार्थीहरु अध्ययनरत रहेको बस्नेतले बताए ।