२०८१ आश्विन ४

बुटवलका सामुदायिक विद्यालयका प्रअहरूसँग अन्तरक्रियात्मक वैठक
  • लुम्बिनी खोज
  • २०७९ भाद्र ३१, शुक्रबार १६:३९ गते

बुटवल ।
बुटवल उपमहानगरपालिका अन्तरगत सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँगको अन्तरक्रियात्मक वैठक शुक्रवार बुटवल उपमहानगरपालिकामा सम्पन्न सम्पन्न भएको छ। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवल शैक्षिक हव भएको बताउदै बुटवललाई भौतिक, शैक्षिक एवं समग्र सुधारमा पहल गर्ने धारणा व्यक्त गरेका थिए । उनले सरकारले शिक्षकहरुका लागि पोशाक व्यवस्था गरेकोमा कतिपय शिक्षकहरुले पोशाक नलगाएको पाइएकोले अनुगमनको क्रममा ३ पटकसम्म पोशाक नलगाएको पाइएमा पोशाक शीर्षकमा वजेट प्रदान नगरिने र शिक्षकहरुले डायरीमा पाठयोजना र कार्ययोजना अध्यावधिक गरी राख्नुपर्नेमा जोड जोड दिएका थिए । शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले शिक्षा क्षेत्रमा बुटवलले गरेका असल अभ्यासहरु अन्य पालिकामा भएका अभ्यासहरुको तुलनात्मक अध्ययन एवं बिश्लेषण  प्रस्तुत गरेका थिए । बुटवल उपमहानगरपालिका वातावरण तथा अनुगमन महाशाखा प्रमुख एवं सूचना अधिकारी तुलसा अर्याल, जनस्वास्थ्य शाखा ्रमुख युवराज पाण्डेले सम्बन्धित विषयमा सहजीकरण गरेका थिए । शिक्षा शाखा प्रमुख टीकाराम पन्थीले दीवा खाजा, विद्यालयहरुको अभिलेख व्यवस्थापन विद्यार्थीहरुको सिकाई उपलब्धी विवरण व्यवस्थित, शिक्षक तथा कर्मचारीका तलवी माग फाराम, स्थायी शिक्षकहरुको तलवी प्रतिवेदन, इमिस, पाठ्यपुस्तक तथा छात्रवृत्ति र स्थानीय पाठ्यपुस्तहरुको बारेमा सहजीकरण गरेका थिए । बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको अध्यक्षतामा अधिकृत कमला चुदालीको सञ्चालनमा सम्पन्न अन्तरक्रियामा कान्ति मावि। प्रअ गोविन्द ज्ञवाली, नवीन औद्योगिक कदर बहादुर रीता मा।वि। प्र।अ। प्रेमबहादुर बस्नेत, लक्ष्मी मा।वि। प्र।म। शान्ती शर्मा, तिलोत्तमा मा।वि। प्र।अ। इश्वरीप्रसाद रेग्मी, जितेश्वरी मा।वि। प्र।अ। उपेन्द्र ज्ञवाली र सरस्वती मा।वि। प्र।अ। ज्ञानेन्द्र प्रसाद न्यौपाने लगायतले अन्तरक्रियामा धारणा राखेका थिए ।