२०८२ श्रावण ४
रुपन्देहीमा सत्ता गठबन्धनको बैठक
भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नं ३ का प्रतिनीधी सभा उम्मेदवार गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिता, लोकतन्त्र र सविधानको रक्षा गर्दै मुलुकलाई बिकासको गतीमा अगाडी बढाउन गठबन्धन आवश्यक परेको भन्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरेका छन ।
सत्ता गठबन्धनमा आवद्ध दलको सोमवार भैरहवामा बसेको जिल्ला स्तरीय बैठकलाई सम्वोधन गर्दै उनले सविधान र लोकतन्त्रलाईनै खतरामा पारे पछि त्यसको रक्षाका लागि गठबन्धन बनेको स्मरण गराउदै आगामी दिनमा मुलुुकको सम्बृद्धी र बिकासकालागी गठबन्धन अपरिहार्य रहेको समेत औल्याए । ‘गठबन्धन राष्ट्रिय आवश्यकता हो, उनले भने–त्यसकारण गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउ सवै एक जुट भएर लागौ ।’
गठबन्धनलाई प्रभावकारी ढंगले टिकाउन नसके लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुने खतरा कायमै रहेको भन्दै उनले संवेदनशील बनेर चुनावमा आफ्ना उम्मेदवार बिजयी गराउन केन्द्रित हुन आग्रह गरे । राष्ट्रिय राजनीतिलाई स्थिरता प्रदान गर्न पनि गठबन्धनको बिजयी जरुरी रहेकोमा उनको जोड थियो । ‘संविधानमा रहेका असन्तुष्टि सम्बोधन गर्न पनि दुई तिहाई जरुरी छ,’, उनले भने, ‘त्यसका लागि क्रियाशील हुनुस् । सानातिना मतमतान्तरमा नअल्झीनुुहोस ।’ बैठकमा क्षेत्र नम्बर ३ (क) का उम्मेदवार सन्तोषकुमार पाण्डेय, (ख)का रामचन्द्र ढकालका साथै गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, एकीकृत नेकपा माओबादी केन्द्र, लोकतान्त्रीक समाजबादी पार्टी, नेकपा एकिकृत समाजबादी र राष्ट्रिय जनमोर्चाको सहभागीता रहेको थियो । बैठकमा सहभागी नेताहरुले जिल्लामा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन निसर्त रुपम सवै एक भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रियता, लोकतन्त्र, सविधानको रक्षा र बिभीन्न आन्दोलनबाट प्राप्त उपलब्धी रक्षाकालागी गठबन्धन अपरीहार्य भएको निकर्ष निकाल्दै गठबन्धनको केन्दीय निर्णयलाई आत्मसाथ गर्दै अगाडी बढ्ने र कही कतै जिल्लामा असन्तुष्टि देखीएमा त्यसलाई समाधान गर्दै अगाडी बढ्ने सहमती गठबन्धनमा आवद्ध जिल्ला नेताहरुले गरेका हुन् । पार्टी भित्र देखीएका असन्तुष्टि र गठबन्धनको निर्णय बिपरीत परेका उम्मेदवारी फीर्ता गराउने जिम्मा समेत सम्वन्धीत पार्टीले लिएको नेपाली कांग्रेस क्षेत्र नं ३ रुपन्देहीका प्रबक्ता लेखनाथ भट्टराईले जानकारी दिए । बैठकमा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण, क्षेत्रीय सभापति शुुशिल गुुरुङ्ग, माओबादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसी, क्षेत्रीय सयोंजक मनिष कुमार जोसी, नेकपा समाजबादीका प्रदेस सदस्य आनन्द गुुप्ता, कुलेन्द्र पुन, लोसपाका जिल्ला अध्यक्ष अजय बर्मा, जनमोर्चाका अध्यक्ष बद्रे आलम लगायतका नेताहरु सहभागी भएका थिए ।