२०८१ माघ १८

संबिधानको रक्षाको लागि गठबन्धनको जित आवश्यकः गृहमन्त्री खाँण
  • लुम्बिनी खोज
  • २०७९ कार्तिक २९, मंगलवार १०:४० गते

बुटवल, २९ कात्तिक ।

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार बालकृष्ण खाणले मुलुकमा दिगो शान्ति, राजनैतिक स्थिरता र संबिधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन आग्रह गरेका छन् । चुनाबी प्रचार प्रसारका क्रममा भैरहवा, पडसरी, फर्साटिकर र सेमलारमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री समेत रहेका खाणले समाजमा शान्ति र अमनचयन कायम राख्न आध्यात्मिक तथा धार्मिक संघसंस्थाहरु भुमिका महत्वपुर्ण हुने बताए ।
नेपाली काँग्रेसका प्रभावशाली नेता, केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले रुख सामान्य बनस्पति मात्र नभै समस्त प्राणीजगत र मानवजगतको जननी भएको बताएका छन् । निर्वाचन प्रचार प्रसारका क्रममा भैरहवाको दरखसवा पुगेका गठबन्धनका साझा उम्मेदवारसमेत रहेका मन्त्री खाणले ब्रम्हाण्डमा क्रमशः आगो, पानी, बनस्पतीपछि मात्र प्राणीको उत्पत्ती भएको बताए । यो संसारमा प्राणीको उत्पत्तीपछि मात्र मानिसको बिकास भएको हुनाले रुख मानिसको आमा समान भएको भन्दै गृहमन्त्री खाणले रुख चिन्हमा मतदान गर्न आग्रह गरे ।
नेपाली काँग्रेसको सरकारले मात्र देश र जनताको हितमा काम गर्ने उल्लेख गर्दै मन्त्री खाणले बाबुआमा नेपाली नागरिक हुदाहुदै पनि नागरिकता प्राप्त गर्नबाट बन्चित भएका छोराछोरीहरुका लागि सहज रुपमा नागरिकता उपलब्ध गराउन नागरिकता ऐन ल्याइएको बताए ।
नेपाली काँग्रेस लोकतन्त्र, शान्ति र समद्धिको पक्षपाती भएको उल्लेख गर्दै नेता खाणले नेपाली काँग्रेसप्रति जनताको आशा र भरोषा दुबै उत्तिकै रहेको दावी समेत गरे । मोतीपुर औद्योगिक करिडोर निमाण गर्दा कसैलाई घरबार बिहिन बनाउने काम सरकारबाट नहुने बताए । उक्त क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्नुपुर्व बसोवास क्षेत्र छुट्टाएर मात्र औद्योगिक क्षेत्रको काम अघि बढाईने कुरा प्रष्ट पार्दै खाणले स्थानियको चाहना बिपरित कुनै काम हुन नदिने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।
प्रदेश सभाका उम्मेदवार सन्तोषकुमार पाण्डेले रुख मानव जिवनको महत्वपुर्ण अंग भएकोले रुखलाई आमाको संज्ञा दिदै साईकलले छोरा सरह काँधमा बोकेर हिड्ने भएकोले छोराको संज्ञा दिएका छन । उनले रुख र साईकलमा मतदान गर्न आग्रह गर्दै गठबन्धनले जिते मात्र भैरहवाको बिकासले गति लिने तर्क अघि सारेका छन् । कार्यक्रममा सहभागि धेरैजसो महिलाले कृषि कार्यका लागि मलको समस्या हुने गरेको भन्दै मलखादको समस्याको समाधानका लागि आग्रह गरेका थिए ।
अर्का प्रदेश सभा उम्मेदवार रामचन्द्र ढकालले आफ्नो पार्टीलाई बहुमत दिएर जिताउन आग्रह गर्दै पार्टीका बहुमत सदस्यहरुले जितेमा एमालेले दाङ्ग पुराएको राजधानी पुनः बुटवल फिर्ता ल्याउने दावी समेत गरेका थिए । किसानहरुको हकहित संरक्षणमा प्रतिबद्ध रहेको धारणा ब्यक्त गर्दै नेता ढकालले प्रतिगमनकारी लाई परास्त गर्न र संबिधानको रक्षाका लागि गठबन्धनले जित्नुपर्ने आवश्यक्ता रहेको बताए ।