२०८१ माघ १८

दाङ–१ बाट नेकपा एसका मेटमणि चौधरी निर्वाचित
  • लुम्बिनी खोज
  • २०७९ मंसिर ८, बिहीबार १८:१५ गते

दाङ ।   दाङ–१ बाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन् । २६ हजार ५६३ मत पाएका उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मतले पराजित गरे । चौधरीले २१ हजार ४७९ मत पाइन् । यस क्षेत्रबाट यसअघि २०७४ मा नेकपा एमालेबाट मेटमणि चौधरी नै निर्वाचित भएका थिए ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७९४ मत पाएका छन् भने हाम्रो नेपाली पार्टीका गंगा चौधरी  एक हजार ९२ मत पाइन् ।