२०८१ आश्विन ४

नवीनमा कानुन समुहद्वारा अनुशासन विषयमा वक्तृत्वकला
  • लुम्बिनी खोज
  • २०७९ मंसिर २३, शुक्रबार ०९:५९ गते

बुटवल ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. कानुन समूहद्वारा ‘विद्यालय अनुशासनमा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता २०७९ शुक्रबार सम्पन्न भयो ।
विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समूहमा अध्ययनरत विद्यार्थीहरुको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने उदेश्यले आयोजित वक्तृत्व कला कार्यक्रममा १६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा कानुन समूहका विद्यार्थी समिक्षा खत्री र अस्मिता भण्डारीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख दिपक ज्ञवालीले कार्यक्रमको औचित्य सहित स्वागत मन्तव्य व्यक्त गरेका थिए । नेपाली विषय विभागीय प्रमुख विष्णु पन्थीको संयोजकत्वमा रहेको निर्णायक मण्डलमा सदस्यहरु राम प्रसाद ज्ञवाली र प्रकाश भट्टराई रहेका थिए ।उक्त प्रतियोगितामा प्रथम कक्षा ११ व्यवस्थापन समूहका विद्यार्थी अनमिका पाण्डे, द्वितीय कक्षा ११ कानुन समूहका विद्यार्थी वितिता पाण्डे, तृतीय कक्षा ११ व्यवस्थापन समूहका विद्यार्थी अनिषा ज्ञवाली र वेद प्रसाद कहार व्यवस्थापन समूहका विद्यार्थी सान्त्वना भएका थिए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक बस्नेतले नगद रु २५००, २०००, १५०० र १००० नगद पुरस्कार वितरण गरेका थिए ।
विद्यालयमा मन्टेश्वरी देखि कक्षा १० सम्म पूर्ण अंग्रेजी माध्यममा र ११, १२ मा अंग्रेजी र नेपाली माध्यमबाट पठनपाठन हुने विद्यालयमा ४१०० विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।