२०८१ आश्विन ३

राप्ती सोनारीमा माँघी मिलन कार्यक्रम
  • लुम्बिनी खोज
  • २०७९ पुष २७, बुधबार १७:०० गते

नरैनापुर (बाँके)  ।

राप्ती सोनारी गाँउपालिका वडा नं. ४ मा रहेको दिदि बहिनी एकता कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको माघी मिलन कार्यक्रम सम्पन्न भएको छ ।
माघी मिलनका अबसरमा थारु समुदायले विभिन्न भेषभुषा तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस अबसरमा बोल्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले माघी थारु समुदायको महान पर्व भएको हुदा सबैले एक आपसमा माया प्रेमका साथ मनाउँनु पर्ने बताए । कार्यक्रमका  नरैनापुरका अध्यक्ष शाहले थारु जातीको उत्थानका लागि आफुले आफ्नो स्तरबाट सक्दो प्रयास गर्दैआएको बताउदै यसका लागि सबैको सहकार्यको आवश्यक्ता रहेको बताए। उनले थारु समुदाय अनेक विचारमा विभाजित हुँदा खास मुद्दा ओझेलमा परेकोले अब बिभाजित नभई एकताबद्ध भएर अगाडि बढ्न शुभ कामना दिएका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि राप्तीसोनारी गाँउपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले थारू समुदायको मुक्ति र सही नेतृत्वको विकासका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए । उनले आफ्नो अधिकारसँगसँगै पहिचान र अस्तित्व बचाउन निरन्तर राजनीतिक सङ्घर्षमा भाग लिन आह्वान गरे ।
कार्यक्रममा नरैनापुर गाँउपालिका अध्यक्ष शाह, नरैनापुरका प्रेस सल्लाहकार आलम खान र बेसका केन्द्रीय सदस्य संगिता थारुलाई सम्मान गरिएको थियो ।
दिदि बहिनी एकता कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा भएको कार्यक्रमको समन्वय राप्ती सोनारी गाँउपालिकाले गरेको थियो भने आर्थिक सहयोग नरैनापुर गाँउपालिकाले गरेको सहकारीका अध्यक्ष संजिता थारुले बताए ।

सहकारी संस्थाका अध्यक्ष संजिता थारुको अध्यक्षतामा भएको कार्यक्रमा राप्ती सोनारी गाँउपालिकाको वडा नं. ६ का अध्यक्ष लबराज खरेल, वडा नं. ७ का अध्यक्ष राम लखन थारु, बेसका केन्द्रीय सदस्य संगिता थारु, आलम खान लगायतले शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रम थारु महिलाहरुको सहभागिता रहेको थियो ।