२०८१ आश्विन ४

पूर्व पाकिस्तानी सेना प्रमुख परवेज मुशर्रफको मृत्यु
  • लुम्बिनी खोज
  • २०७९ माघ २२, आईतवार ०८:०० गते

बुटवल २२ माघ ।

पाकिस्तानमा सैन्य कूबाट शक्तिमा आएका पूर्व सैन्य राष्ट्रपति र सेनाका पूर्वप्रमुख जनरल परवेज मुशर्रफको मृत्यु भएको छ। उनी ७९ वर्षका थिए र केही समयदेखि बिरामी थिए।

विगतमा पारिवारिक स्रोतहरूले उनका हातखुट्टाले काम नगरिरहेको र उनको स्वास्थ्य सामान्य अवस्थामा फर्कन सक्ने खालको नभएको स्पष्ट पारेका थिए। पाकिस्तानको सुरक्षा बलका प्रमुखहरूले जनरल मुसर्रफको निधनमा समवेदना प्रकट गरेको बीबीसी उर्दूले जनाएको छ। पूर्व सैन्य राष्ट्रपतिको परिवारले उनी एमलोइडोसिन नामको रोग झेलिरहेको जनाएको थियो। यस रोगमा शरीरको प्रोटिन मोलिक्युल्स निष्क्रिय बन्छन् र बिरामीका अङ्गहरूमा असर पर्छ। परवेज मुशर्रफ स्वास्थ्योपचारका लागि अदालतबाट जमानत पाएयता यूएईमा बसिरहेका थिए।

विविसी नेपाली सेवाबाट