२०८२ असार ७
बुटवल २६ माघ ।
प्रदेश सभाबाट विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले आज राजीनामा गरेका छन् । उनले प्रदेश प्रमुख देवराज जोशीलाई भेटेर राजीनामा बुझाएका हुन् ।
रावलले पेश गरेको विश्वासको मत लिने प्रस्ताव सुदूरपश्चिम प्रदेश सभामा अस्वीकृत भएको थियो । यसले सत्तागठबन्धनलाई धक्का लागेको छ । २७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । गत ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचन एउटै गठबन्धनबाट लडेका कांग्रेस–माओवादीको सहयात्रा गत १० पुसमा टुटेपछि सुदूरपश्चिममा एमाले नेतृत्वमा सरकार गठन भएको थियो।
नयाँ गठबन्धन जन्मिएपछि सोही गठबन्धनले प्रदेश सरकारहरू बनाएको थियो। गठबन्धनमै रहेको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायत जेलमा रहेका आफ्ना नेताहरूको रिहाइ नभएसम्म प्रदेश सरकारलाई विश्वासको मत नदिने अडान राखेपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावल दबाबमा थिए। नागरिक उन्मुक्तिले आफ्नो अडान नछाडेपछि अन्ततः रावलको सरकार आज ढलेको छ।