२०८२ कार्तिक २७

बुटवल उद्याेग वाणिज्य संघमा हाेली मिलन
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २०, शनिबार १७:०० गते

बुटवल २० फागुन ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा होली मिलन कार्यक्रम गरिएको छ ।
त्यस अवसरमा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले  होलीको बहानामा उच्श्रंङ्खल तथा अपराधिक गतिबिधि पनि हुन सक्ने भन्दै त्यसतर्फ सतर्क रहन प्रहरी प्रशासन सहित सबैलाई आग्रह गरे ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विश्वव्यापी कोभिड, आर्थिक मन्दी र अस्थिर सरकारका कारण विकास निर्माणको काम प्रभावित भएको बताए ।
त्यस्तै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले होलीमा उच्श्रंङ्खल गतिविधि र अपराधिक कृयाकलाप पनि जोडिने गरेको बताउँदै त्यस विरुद्ध सुरक्षा व्यवस्था कडा पारिएको बताए ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बुटवलका कार्यालय प्रमुख ध्रुव पोखरेल, संघका सल्लाहकार तथा पूर्वअध्यक्षहरु अर्जुनमान सैजू, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ, ससस्त्र पहरी वल मोतिपुरका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, पूर्वपदाधिकारी चोपनारायण श्रेष्ठ लगायतले यहाको बर्तमान आर्थिक अवस्थाले व्यवसायी पलायन हुने अवस्था आएको गुनासो गरे ।