२०८१ मंसिर २
बुटवल १ चैत ।
सेयर बजार बुधवार दोहोरो अंकले ओरालो लागेको छ। सेयर बजार परिसूचक नेप्से १४.४४ अंकले घटेर एक हजार नौ सय ३८.६३ विन्दुमा झरेको छ।
आज सबै समूहको सेयर घटेको छ। यसमा पनि माइक्रोफाइनान्स र विकास बैंक समूहको सेयर उच्च अंकले घटेको छ।
आज दुई सय ५३ वटा कम्पनीको ३७ लाख १६ हजार कित्ता सेयर एक अर्ब २० करोड २१ लाख रुपैयाँमा कारोबार भएका छन्।