२०८२ असार ७
काठमाण्डौं १९ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पासपोर्ट दुरुपयोगसम्बन्धी मुद्दाको रिट सर्वोच्च अदालतमा पेस भएको छ। पासपोर्ट दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध युवराज सफलले रिट निवेदन पेस गरेका हुन्।
महान्यायाधिवक्ता कार्यालयले पासपोर्ट दुरुपयोग नभएको भन्दै लामिछानेमाथि राहदानीसम्बन्धी कसुरमा मुद्दा नचलाउने निर्णय गरेको थियो। यद्यपि दर्ता भएको छैन । रिट दर्ता गर्ने–नगर्ने विषयमा सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको छ।