२०८१ मंसिर २

साढे ५ लाख बराबरको कपडा बरामद
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २०, सोमबार १४:५१ गते

 

बुटवल २० चैत ।
रुपन्देहीमा प्रहरीले साढे ५ लाख मुलय बराबरका कपडा बरामद गरेको छ । भारत बाट
नेपाल तर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी कपडाहरु ल्याउदै छ
भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको
प्रहरी टोलीले ५ लाख ४५ हजार ५०० बराबरको कपडा बरामद गरेको हो । जिप्रका रुपन्देहीका अनुसार रुपन्देही सिद्धार्थनगर नगरपालिका १२ डाँडागाँउ स्थितमा चोरी पैठारी गरी ल्याउदै गरेको पठानी जेन्स सुट १४५पिस, टप सेट ३०२ पिस, कुर्ता सुरवाल ३९ पिस, टिसर्ट २९७ पिस, जेन्स सट १५०पिस, साडी ३७० पिस, जुत्ता २६ जोर र टप्स ७५ पिस बरामद गरेको छ । कपडा वेवारिसे अवस्थामा फेला पारी स्थानिय मानिसहरुको रोहवरमा बरामद गरी आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ ।