२०८२ असार ७

बोलाइयो संवैधानिक परिषद् बैठक
  • लुम्बिनी खोज
  • २०८० बैशाख ५, मंगलवार ०७:३१ गते

काठमाडौ,५ बैशाख ।

प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेता प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन सहमत भएका छन् । एक वर्षभन्दा लामो समयदेखि रिक्त प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठकसमेत आह्वान भएको छ ।

शीर्ष नेताको बैठकपछि परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ वैशाखमा संवैधानिक परिषद् बैठक बोलाएका छन् । प्रधानन्यायाधीश सिफारिसका लागि छलफल गर्न बोलाइएको बताइएको छ ।

सहमतिअनुसार परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् । परिषद्मा प्रधानमन्त्रीसहित प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख सदस्य छन् । प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने प्रयोजनको बैठकमा प्रधानन्यायाधीशको ठाउँमा कानुनमन्त्री सदस्य हुन्छन् ।