२०८२ असार ६
बुटवल १४ बैशाख ।
लुम्विनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त भएका छन । चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले आज नियुक्त गरेका हुन । एमालेका लिला गिरीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्रीबाट पद मुक्त भएका थिए ।
एमाले नेतृत्वको सरकार ११ बैशाखमा ढलेपछि प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार मात्र तीन दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा नयाँ सरकार बनाउने गरी आह्वान गरेका थिए । सोही आब्हान बमोजिम कांग्रेस संसदीय दलका नेता चौधरीले ५३ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । उनको दावीपछि प्रदेश प्रमुख शेरचनाले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । मुख्यमन्त्री चौधरीको सपथ कार्यक्रम शुक्रवार बिहान साढे ११ बजेलाई तय गरिएको प्रदेश प्रमुखका प्रेस संयोजक गुनाराम घिमिरेले बताएका छन ।