२०८२ असार २२

चुनावको तयारी भइरहेको छ : प्रचण्ड
  • लुम्बिनी खोज
  • २०७८ मंसिर १४, मंगलवार १६:१५ गते

बुटवल १४ मंसिर,।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी आगामी आम निर्वाचनको तयारीमा लागेको बताएका छन । बुटवलमा माओवादी नेता स्व रामप्रसाद बञ्जाडेको श्रद्धाञ्जली सभामा बोल्दै उनले दलहरू महाधिवेशनमा गएको र ती महाधिवेशनले चुनावी तयारी गर्न थालिसकेको बताए ।
। उनले मुलुक चुनावतिर गईसकेको संकेत दलका महाधिवेशनहरूका गतिविधिले गरिरहेका छन चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन दलहरूबीच आपसी समझदारी र सहकार्य जरूरी रहेको तर्क समेत गरे । समाजवाद उन्मुख भईसकेको मुलुकलाई समृद्ध बनाउनका लागि पनि दलहरूबीच सहकार्य जरूरी रहेको समेत बताए । नेपालको संविधानको समावेशी र समानुपातिक मूल्य मान्यतालाई आत्मसाथ गर्दै जनताका चाहना पूरा गर्न सहकार्य र सहमतिको खाँचो छ उनले भने ।उनले स्व रामप्रसाद बञ्जाडेको योगदानको चर्चा गर्दै योद्धाहरूको सपना पूरा गर्नका लागि माओवादी पार्टी प्रतिबद्ध रहेको बताए । स्वर्गीय नेता बन्जाडे सधै पार्टीप्रति वफादार र साधारण जीवनशैलीका व्यक्ति भएको भन्दै उनको जीवनशैलीबाट कार्यकर्ताले सिक्नुपर्ने बताए । नेता बञ्जाडेको बुटवलमा दुर्घटनामा परी मृत्यु भएको थियो । मंगलबार रूपन्देही आएका प्रचण्डले रूपन्देहीमै कार्यकर्तालाई प्रशिक्षण दिने र पार्टी प्रवेश गर्ने कार्यक्रममा सहभागी समेत भएका थिए ।