२०८१ मंसिर २

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ९, मंगलवार १६:४४ गते

काठमाडौ, ९ जेठ ।
सरकारले सङ्घीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ ।
राष्ट्रिय सभाको मङ्गलवारको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकले सांसद तुलसाकुमारी दाहाल, विमला घिमिरे र डा। विमला राई पौड्यालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रममाथि सांसदले राखेको जिज्ञासाको जवाफ दिएका थिए । राष्ट्रिय सभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ । ।