२०८१ मंसिर ८
बकरइदको पर्वको पहिलो दिन इस्लाम धर्माबलम्बीहरू नमाज पढी एक–अर्कालाई अंगालो हाल्दै बक्रिद मुवारख भनेर शुभकामना अदान–प्रदान गर्छन् । बकरइदको नमाज समाप्तीपछि उनिहरूले कुर्वानी अथार्त बली प्रदान गर्छन् । इस्लामका धर्मगुरुहरूका अनुसार कुर्वानी भनेको कुनै खास जानवरलाई कुनै खास उद्देश्यका लागि अल्लाहको राहमा अर्थात् अल्लाहकै लागि जवह गर्नु (बली प्रदान गर्नु) भन्ने बुझिन्छ् । कुर्वानीका लागि उनीहरूले पहिलेदेखि नै स्वस्थ्य, आकर्षक जानवर खसी बोका, बाँझो बाख्री, राँगा तथा मुलुकको परिवेशअनुसार जानवरहरू पाल्ने गर्छन् । र बकरइदमा त्यसको बली दिने गर्छन् ।
बजारभन्दा घरमै पालेर जानवरको बली प्रदान गर्दा धार्मिक हिसाबले उत्तम मानिन्छ । कुर्वानी गरिएको जानवरको मासु तीन हिस्सामा बाँडी एक हिस्सा गरिव विपन्न, एक हिस्सा नातेदारलाई वित्तरण गरी एक हिस्सा मात्रै आफ्ना लागि राख्ने चलन छ ।
आर्थिक रुपमा समपन्न तथा साढे सात तोल सुनभन्दा बढी सम्पत्ति भएको मुसलमानलाई कुर्वानी दिनु अनिर्वाय गरिएको इस्लाम धर्मगुरु मौलना, मोस्फतीहरू बताउँछन् । बकरइद पर्वमा कुर्वानी हजरत इब्राहिम अलैहिसलामको सुनत रहेको छ ।
यसपर्वको इतिहास सम्बन्धमा मोफ्ती मौलना असरफ रेजा वरकातिले भने, ‘इस्लामका प्रमुख नवीमध्येकका हजरत इब्राहिम अल्हेसलाम राति सुतेको बेला सपनामा कुर्वानी गरेको देख्छन् । अल्लाहले हजरत इब्राहिम अल्हेसलामलाई तिमि आफ्नो सबभन्दा प्रियलाई मेरो लागि कुर्वानी गर भनेर तीन दिनसम्म सपनामा देख्छन् । त्यसपछि हजरत इब्राहिम अल्हेसलामले बुढेसकालमा पाएको छोरालाई नै मेरो लागि सबैभन्दा प्रिय रहेको र अल्लाहले छोराको बली नै मागेको भन्दै छोरा हजरत इश्माइल अल्हेसलामलाई कुर्वानी दिने तयार हुन्छन् ।’