२०८२ कार्तिक ७
बुटवल ७ कात्तिक ।
रुपन्देहीमा प्रहरीले अबैध रुपमा ल्याइएका भैसी, कुखुरा, फुलसहित विभिन्न सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले
जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको करिब १० लाख ५७ हजार ५ सय बरावरका सामानहरु नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएकालाई शुक्रवार आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया तथा पशु क्वारेन्टाईन कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिप्रकाका प्रहरी नायव उपरिक्षक सुरज कार्कीले जनाएका छन् ।
जिप्रकाका अनुसार प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नं. १३ शान्तिनगरबाट कुखुरा बरामद गरेको छ । ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुर बस्ने बर्ष ३२ को सराफत अलीले चलाएको लु ३१ प १०९५ नं. को मोटरसाइकलमा ल्याउदै गरेको करिब २२ हजार ५ सय मुल्य पर्ने २१ वटा अवैध कोइलर कुखुरा र मोटरसाइकलको अन्दाजी मुल्य एक लाख सहित १ लाख २२ हजार ५ सय बरावरको कुखुरा र माटरसाइकल मध्ये कुखुरा पशु क्वारेन्टाईन कार्यालय बेलहिया र सवारी र मानिस भैरहवा भन्सार
कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिप्रकाले जनाएको छ । त्यस्तै रोहिणी गाउँपालिका वडा नं. २ बाट भारत उत्तर प्रदेश महाराजगंज थाना नेतनवा बस्ने बर्ष ३१ को शिव कुमार कोईरीले चलाएको लु ६ प २९९३ नं. को मोटरसाइकल र सोही ठाउ बस्ने बर्ष ४० को बब्लु कुशवारले चलाएको लु ८ प ८५१० नं. को मोटरसाइकलमा ल्याउदै गरेको २ बोरा फुल पनि बरामद गरी भन्सार पठाइएको छ । जसमध्ये फूलको अन्दाजी मुल्य २५ हजार र मोटरसाइकलको अन्दाजी मुल्य १ लाख रहेको छ ।
त्यस्तै प्रहरीले सम्मरीमाई गाउँपालिका वडा नं ६ मंझरिया बाट भैसी बरामद गरेको छ । मर्चवारी गाउँपालिका वडा नं. ३ रायपुर बस्ने २८ बर्षको जगदेव भुजले चलाएको लु १ ज ३०१४ नं
को पिकअपसबारी साधनमा ल्याउदै गरेको अवस्थामा २ वटा भैसी, २ वटा पाडी बरामद गरिएको हो । भैसी र पाडीको अन्दाजी मुल्य १ लाख र पिकअपको अन्दाजी मुल्य ६ लाख रहेको छ । प्रहरीले भैसी, पाडा र मानिस नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको छ । त्यस्तै प्रहरी चौकी पिप्रहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका वडा नं. ३ सेमरहवामा भारतबाट नेपाल तर्फ अबैध रुपमा लु १६ प ६०४७
नं. को मोटरसाईकलमा ल्याउदै गरेको अवस्थामा ६० वटा बोईलर कुखुरा पनि बरामद गरेको छ ।
कुखुराको ६० हजार र मोटरसाइकलको ५० हजार अन्दाजी मुल्य रहेको छ । प्रहरीले
कुखुरा पशु क्वारेन्टाईन कार्यालय बेलहिया र सवारी र मानिस भैरहवा भन्सार कार्यालय बेलहिया
रुपन्देहीमा पठाइएको जनाएको छ ।