२०८१ मंसिर २

बागमती र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
  • लुम्बिनी खोज
  • २०८० असार ३१, आईतवार १७:१३ गते

बुटवल ३१ असार ।

मनसुनी वायुको प्रभावका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसका कारण मुलुकभर बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
भोलि साउन १ गते सोमबार पनि सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।