२०८१ मंसिर ३

कांग्रेसको प्रदेश समितिलाई संसदीय दलमा बधाई कार्यक्रम
  • लुम्बिनी खोज
  • २०७८ पुष १६, शुक्रबार १६:०० गते

बुटवल,१६ पुस ।
लुमिवनी प्रदेश सभा काग्रेस संसदीय दलले कांग्रेसको नवनिर्वाचित लुम्बिनी प्रदेश समितिलाई बधाई ज्ञापन ज्ञापन गरेको छ ।
प्रदेश संसदीय दलले शुक्रबार बुटवलमा एक कार्यक्रम गरी नवनिर्वाचित लुम्बिनी प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गर्नुका साथै बधाई ज्ञापन गरेको हो । कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आगामि निर्वाचनलाई लक्षीत गरी कार्यक्रम अगाडी बढाउने बताए । यसअघिको निर्वाचनमा पार्टीको प्रदेश संरचना नहुँदा प्रदेशको निर्वाचनमा असर परेको भन्दै सभापति पुनले आगामि निर्वाचनमा पार्टीका धेरै उम्मेदवारहरुलाई बिजयी गराउने योजना सहित प्रदेश समिति अगाडी बढ्ने बताए ।
कांग्रेसलाइ वडादेखि केन्द्रसम्म नै प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाउदै उनले पार्टीलाइ थप एकताबद्ध र शसक्त बनाएर लैजाने बताए ।
नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खाँ ले प्रदेश सभा सदस्यहरुको कार्यकाल एक बर्ष मात्रै बाँकी रहदा प्रदेश संसदीय दलले अभिभावक पाएको भन्दै आगामि दिनमा प्रदेश समितिसँग मिलेर काम गर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश संसदीय दलका सदस्य बैजनाथ जैसवाल,रमा अर्याल,प्रदेश सहमहामन्त्री नीमा गिरी लगायतले पार्टीको आन्तरिक निर्वाचनमा भएको मतभिन्नता महाधिवेशन सकिएसँगै सकिएको भन्दै अब बिजेता र उपबिजेता सँगसँगै मिलेर जाने प्रतिवद्धता ब्यक्त गरे ।
यसैबीच नेपाली कांग्रेसको नवनिर्वाचित प्रदेश समितिले आफ्नो ४ बर्षे कार्यकालको कार्ययोजना सार्वजनिक गरेको छ । प्रदेश समितिले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्ययोजना सार्वजनिक गरेको हो । कांग्रेस लुम्बिनीको ४ वर्षे कार्ययोजना सार्वजनिक गर्दै सभापति पुनले स्पष्ट नीति, कार्यक्रम र योजनाहरुका साथ संगठन निर्माण र जनहितमा कार्य गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । उनले प्रदेशको प्रथम अधिवेशन सम्पन्न गर्न योगदान पुर्याउने कांंग्रेसका सम्पूर्ण प्रतिनिधि, नेता, निर्वाचन समिति, व्यवस्थापन समिति, रुपन्दही जिल्ला कार्यसमिति लगायतलाई आभार तथा धन्यवाद व्यक्त गरे ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुद र सुन्दर पक्ष मान्दै उक्त प्रक्रियालाई आत्ससात् गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका भरतकुमार शाहलाई प्रदेश कार्यसमितिको दोस्रो वरीयतामा राख्ने लगायतका निर्णयहरु गरिएको लुम्बिनी प्रदेश कार्यसमितिकी सहमहामन्त्री निमा गिरीले जानकारी गराइन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले पार्टीलाइ एक ढिक्का बनाएर अगाडी बढाउने निर्णय गरेको छ ।