२०८१ आश्विन ७

नवीनमा इन्जिनियरिङ दिवसमा विभिन्न कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० श्रावण ३, बुधबार १६:१६ गते

बुटवल ३ साउन ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा बुधवार ६१ औ इन्जिनियरिङ दिवस विभिन्न कार्यक्रम गरी भब्य रुपमा मनाइएको छ ।
उक्त ६१ औ इन्जिनियरिङ दिवसको अवशरमा सडक डिभिजन कार्यालय बुटवलका सिनियर डिभिजनल इन्जिनियर होम बहादुर ए.सी.ले इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरुले आफ्नो रुची र क्षमताको आधारमा पेशामा लाग्न र इन्जिनियरिङ पेशालाई थप मर्यादित र अनुशाशित बनाउने तर्फ लाग्न विद्यार्थीहरुलाई सुझाव दिदै राज्यले प्रतिभावान विद्यार्थीहरुलाई विदेश पलायनबाट रोक्नु पर्ने धारणा व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा कक्षा १२ सिभिल इन्जिनियरिङकी छात्रा रमा थामीको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र ढकाल, विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, सिभिल इन्जिनियरिङ समूह कक्षा ११ र १२ का संयोजक प्रशिक्षक ई. विमल अर्याल, सिभिल इन्जिनियरिङ समूह कक्षा ९ र १० का संयोजक ई. गणेश थापा, कक्षा १२ का विद्यार्थी विकास पाण्डे, प्रकाश वेल्वासे पुर्व विद्यार्थी विकास बस्यालले रोवटिक्स र आर्टिफिसियल इन्टेलीजेन्स सेमिनारको प्रस्तुति गरेका थिए ।

कक्षा १२ का विद्यार्थी जीवन न्यौपानेले साइवर सेक्युरिटी र लिगल ह्याकिङ प्रस्तुति, कक्षा ९ का सुजन पाण्डेले रोवटको डेमो प्रदर्शन, अन्सुल हिताङले वाटर पम्प प्रदर्शन, कक्षा १२ का प्रवीन अधिकारीले कविता वाचन गरेका थिए । विद्यार्थीहरु रमा थामी, लक्ष्मी गुरुङ, सरगम श्रेष्ठ, ग्रिष्मा के.सी. प्रतिमा सुनार, विविषा थापा र ओसिन पुनले रोचक नृत्य प्रस्तुत गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक बस्नेतका अनुसार विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धार तर्फ शिभिल इन्जिनियरिङ अध्ययन हुने गर्छ र सिभिल इन्जिनियरिङका पहिलो व्याचका विद्यार्थी प्रवीन कोइरालाले आर्किटेक इन्जिनियरिङ तर्फ नेपालमै उत्कृष्ट भइ रहेका छन् भने विद्यालयबाट उत्पादित विद्यार्थी पुल्चोक, थापाथली, पुर्वाञ्चल, पश्चिमाञ्चल क्याम्पस, भारतको किट विश्वविद्यालय, एसआइआइमा पूर्ण छात्रवृत्तिमा, वीइआइटी अध्ययनरत गरिरहेका छन । पठनपाठनमा नेपालमानै अब्बल मानिदै आएको छ ।
विद्यालयमा विज्ञान,सिभिल इन्जिनियरिङ, व्यवस्थापन समुहमा होटल व्यवस्थापन समुहमा, कम्प्युटर विज्ञान, वित्तशास्त्र, वजार शास्त्र, अर्थशास्त्र, गणित विशिष्टीकरणमा कानुन र शिक्षा समुहमा गणित, अंग्रेजी र नेपाली विशिष्टीकरणमा अध्यापन हुदै आएको छ । विद्यालयमा हाल मन्टेश्वरी देखि कक्षा १२ सम्म ४५०० विद्यार्थीहरु अध्ययनरत छन ।