२०८१ पुष १२

प्रधानमन्त्री इटाली प्रस्थान
  • लुम्बिनी खोज
  • २०८० श्रावण ६, शनिबार १३:२० गते

बुटवल ६ साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन्। साउन ८ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार साँझ इटाली प्रस्थान गरेका हुन्।

भ्रमण टोलीमा कृषि तथा पशुपंक्षी विकासमन्त्री डा। बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत र प्रधानमन्त्री पुत्री गंगा दाहाल पनि छन्। प्रधानमन्त्रीलाई बिदाई गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव डा। वैकुण्ठ अर्याललगायत विमानस्थल पुगेका थिए।

‘युनाइटेड नेसन्स फुड समिट प्लस टू स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले औपचारिक रूपमा आफ्नो धारणा राख्नेछन्।यसैवीच शनिबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमणमा रहेका बेला प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्न खड्कालाई कार्यवाहक तोकिएको हो ।