२०८१ मंसिर १
बुटवल, ९ साउन ।
अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पा, अर्घाखाँची, प्युठानलगायतका जिल्लामा सडक अवरुद्ध भएका छन् । पहिरो खसेका कारण बुटवल–पाल्पा, गोरुसिंगे–सन्धिखर्क र भालुवाङ–प्युठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका– ३ हेडबक्स र झुम्सानजिकै पहिरो खस्दा बुटवल–पाल्पा सडक बिहानैदेखि दुई ठाउँमा अवरुद्ध छ । यस्तै, अर्घाखाँचीको शीतगंगा– १२ बसेनी र सन्धिखर्कको डम्पिङसाइडमा पहिरो खस्दा गोरुसिंगे–सन्धिखर्क सडक दुई ठाउँमा अवरुद्ध भएको छ । यस्तै, प्युठानको माण्डवी– १ गर्जेनीमा पहिरो खस्दा भालुपाङ–प्युठान सडक अवरुद्ध भएको छ ।