२०८१ माघ २३
बुटवल ९ साउन ।
बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा नजिकै खसेको पहिरोले निर्माणाधिन सुरुङ मार्गको प्रवेश द्धार तर्फ निर्माणाधिन संरचनामा क्षति पु¥याएको छ । सोमबार रातिदेखिको झरीपछि आएको पहिरोले निर्माणाधिन सुरुङ मार्गको बुटवलतर्फको मूल प्रवेशद्वार तर्फ बन्दै गरेका आवश्यक संरचनामा क्षति पु¥याएको हो ।
सुरुङमार्गको मुख्य प्रवेशविन्दुमा ढुंगासहितको पहिरो खसेको सुरुङमार्ग निर्माण ब्यवसायी तर्फका इन्जिनियर युधिस्थिर पन्थीले बताए । सुरुङ मार्ग निर्माणको काममा दैनिक ८० जना कामदार खटेको उनले बताए । मंगलवार भने वर्षाका कारण काम नभएको उनको भनाइ छ ।
सिद्धबाबा सुरुङ मार्गको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङ मार्ग निर्माणको काम अगाडि बढाएको छ ।