२०८१ पुष ११

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकता
  • लुम्बिनी खोज
  • २०८० श्रावण १४, आईतवार ११:०८ गते

बुटवल १४ साउन ।
नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकता भएको छ। आइतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरुले एकता भएको घोषणा गरेका हुन्।

एकता कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशमलाल चौधरीले मधेसवादी दलहरुले आफूसँग धोखाधडी गरेको आरोप लगाए।
नेता चौधरीले आफू साढे ८ वर्षसम्म जेलमा मधेसको आन्दोलनका लागि लड्दा बस्नुपरेको स्मरण गरे।
एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुलगायत दुवै पार्टीका केन्द्रिय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।