२०८१ कार्तिक २४

राष्ट्रिय योग दिवस २०७८ सर्वाङ्गिण बिकासका लागि योग
  • लुम्बिनी खोज
  • २०७८ पुष ३०, शुक्रबार १६:३१ गते

विष्णुहरि आचार्य योगिराज

बुटवल , पुस । राष्ट्रिय योग दिवस २०७८ सर्वाङ्गिण बिकासका लागि योग भन्ने मुल नाराका साथ माघ १ गते शनिवार मनाइदै छ । देशमा कोभिड १९ओमिक्रोन महामारीले तिब्र रुप लिदै गर्दा भेला वा समारोह नगरी भर्चुअल माध्यमबाट योग दिवस मनाउन कोभिड १९ संकट ब्यबस्थापन समन्वय केन्द्र सिसिएमसी ले निर्देशिका जारी गरेको छ । त्यसैले नियमित अभ्यास कर्ताहरुले आफ्नै घर परिवार समेटी योगमा जुटौ । सिक्न चाहानेहरु भर्चुअल माध्यममा जोडिएर योग गरौ । यसरी राष्ट्रिय योग दिवस भब्य रुपमा मनाऔं । जसले कोभिड्का कारण कमजोर भएको मनोबल उच्च राख्न महत्वपूर्ण भुमिका खेल्ने छ ।


बिश्व स्वास्थ्य संघका अनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक ,मानसिक ,सामाजिक र आध्यात्मिक रुपमा पनि स्वस्थ हुनु हो । त्यसैले यस बर्षको सर्वाङिण बिकासका लागी योग भन्ने नाराले योगको बैज्ञानिक पक्ष र महत्वलाई प्रष्ट पारेको छ । हामीलाइ लाग्ने अधिकासं रोगहरु मनको बेचैन वा बेखुसीका कारण लाग्ने गर्दछ्न जसलाइ प्रसव वा पीडा ( रोग) भनिन्छ । रोग तथा मनका बिकारहरु बाट मुक्त भइ आनंद र खुशी रहनु स्वस्थ्य जीवनका लागि आवश्यक छ । यो नै योगको मुख्य आधार हो । योग बिज्ञानका अनुसार मानव अस्तित्वमा ५ तह हुन्छ्न जस्लाइ पन्चकोष भनिन्छ । तैत्तिरिय उपनिषदका अनुसार पन्चकोषमा अन्नमयकोष, प्राणमयकोष, मनोमयकोष, बिज्ञानमयकोष र आनन्दमयकोष हुन । अन्नमयकोषलाइ क्रियाशिल र गतिशील राख्न सात्विक भोजन, आशन, षट कर्म, मुद्रा, बन्ध जस्ता प्रयोगगात्मक अभ्यास आबस्यक हुन्छ्न ।
प्राणमयकोषलाई स्वस्थ र बलियो बनाउन प्राणायामको पाटो महत्वपुर्ण मानिन्छ । मनोमयकोषलाइ खुशी पार्न ध्यान ,भजन ,कृतन,नृत्य जस्ता अभ्यासहरु मुख्य हुन । बिज्ञानमयकोष ज्ञान, बिबेचना, योग, ध्यान र मनोपरामर्शको मुख्य आधार हो ।
आनन्दमयकोष आनन्दको लागि गरिने सामाजिक सेवा , योगकर्म घरको सरसफाइ जस्ता नियमित अभ्यास जसले शरीर ,मन र आत्मलाइ जोडदै सदा आनन्द र खुशी साथ जीवन जिउने सिकाओस यहीँ नै वास्तविक योग हो । जनस्वास्थ्य निर्देशिका पालना गरौ ं। उच्च मनोबल र सवाङ्गिण बिकासका लागि नियमित योगमा रमाउ । राष्ट्रिय योग दिवस २०७८ को सम्पुर्णमा सुभकामना ।
लेखक योग अभियान्ता लुम्बिनी आयुर्वेद चिकित्सालयमा कार्यरत कबिराज हुन ।