२०८३ बैशाख १०
बुटवल १० बैशाख ।
लुम्बिनी प्रदेश सभाको चालू अधिवेशन अन्त्य भएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२( बमोजिम प्रदेश सभाको चालू अधिवेशन अन्त्य गरिएको हो । वैशाख १० गते बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले अधिवेशन अन्त्य गरेका हुन् ।
हिउँदे अधिवेशनमा १६ वटा बैठक बसेका थिए । बिहीबार बिहान साढे ११ बजे बसेको १६औँ बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त भएको अधिवेशन अन्त्यसम्बन्धी पत्र सभामुख तुलाराम घर्तीमगरले पढेर सभामा सुनाएका थिए ।