२०८१ कार्तिक ६

२२ असोजदेखि अग्रिम टिकट बुकिङ
  • लुम्बिनी खोज
  • २०८० आश्विन १९, शुक्रबार १२:५१ गते

काठमाण्डौं १९ असोज ।
दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी सोमबारदेखि खुल्ला हुने भएको छ । शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीहरुको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र व्यवसायीबीच शुक्रबार भएको छलफलले आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

अघिल्ला वर्षहरुमा दसैँ सुरु हुनुभन्दा झन्डै एक महिनाअगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष निकै ढिलो गरी अग्रिम बुकिङ खुलाइएको हो।