२०८१ कार्तिक ६

धादिङमा ६.१ रेक्टर स्केलको भूकम्प
  • लुम्बिनी खोज
  • २०८० कार्तिक ५, आईतवार १७:१२ गते

बुटवल ५ कात्तिक।
धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निट्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङ केन्द्रबिन्दु भएर आइतवार ६.१ म्याग्निट्यूडको भूकम्प गएको जनाएको छ।

आइतवार बिहान ७ बजेर ३९ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु धादिङको खारी रहेको खानी तथा भूगर्भ विभागले जनाएको छ । आठ वर्ष अघि गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएको विनाशकारी भूकम्पले ती परकम्प निम्त्याएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

परकम्पबाट घरहरू चर्किएको र पहिरो गएको स्थानीय अधिकारी र जनप्रतिनिधिहरूले जानकारी दिएका छन्।