२०८१ कार्तिक ६

मृतकका परिवारलाई दुई लाख राहत
  • लुम्बिनी खोज
  • २०८० कार्तिक १९, आईतवार ११:४८ गते

काठमाडौं १९ कात्तिक ।
मन्त्रिपरिषद बैठकले भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । बैठकले कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई मुख्य सम्पर्कस्थल र बाँकेको नेपालगञ्जलाई सहायक सम्पर्कस्थल बनाएर खोज, उद्धार र राहत सम्बन्धी काम एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेको छ ।
छिमेकी लगायत मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाबाट औपचारिक रुपमा प्रस्ताव भएको सहयोग स्वीकार गर्ने तथा त्यस्तो सहयोगका लागि नेपाल सरकारबाट धन्यवाद ज्ञापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।